हमासद्वारा अपहरणमा परेकी महिला इजरायली सैनिकलाई भूमिगत कारबाहीका क्रममा उद्धार

इनेप्लिज २०८० कार्तिक १४ गते ११:११ मा प्रकाशित

हमासद्वारा अपहरणमा परेकी महिला इजरायली सैनिकलाई भूमिगत कारबाहीका क्रममा उद्धार गरिएको इजरायल रक्षा बल (आइडीएफ)ले जनाएको छ ।

अक्टोबर ७ मा हमासले अपहरण गरेको एक महिला इजरायली सिपाहीलाई गाजामा स्थलगत कारबाहीका क्रममा उद्धार गरिएको इजरायली रक्षा बलले सोमबार जनाएको छ ।

इजरायली रक्षा बलका प्रवक्ताले उनलाई हमासबाट रिहा गरिएको भनि उनीहरूले सुरुमा गलत बोलेको बताए । “गुप्तचरको आधारमा” इजरायली विशेष बलहरू उनको ठेगाना थाहा पाएर उत्तरी गाजामा गए र उनको उद्धार गरिएको हो । उनि हाल “मानसिक र शारीरिक रूपमा राम्रो छ” र आफ्नो परिवार संग पुनर्मिलन भएको बताईएको छ ।

गाजामा हमासले राखेका २३८ जना बन्धकहरूलाई प्राप्त गर्न इजरायल प्रतिबद्ध रहेको सिएनएनले समाचार लेखेको छ । इजरायली सेनाले “अहिले जमिन युद्धमा लडाकू र गैर-लडाकू बीचको भिन्नता छुट्याउन पर्याप्त प्रयास गरिरहेको छ” र उनीहरू “बिस्तारै र जानाजानी अघि बढिरहेका छन्”।

प्रतिक्रिया