संयुक्त राष्ट्रले गाजामा “नागरिक व्यवस्था” बिग्रिदै गएको चेतावनी, हजारौंले गोदामहरूबाट आधारभूत चीजहरू चोर्दै

इनेप्लिज २०८० कार्तिक १२ गते ११:४९ मा प्रकाशित

गाजाको मुख्य संयुक्त राष्ट्र संस्था (एजेन्सी)ले नागरिक व्यवस्था बिग्रिदै गएको चेतावनी दिएको छ। “हजारौं” मानिसहरूले यसका केही गोदामहरूमा “गहुँको पीठो र सरसफाइको आपूर्ति जस्ता आधारभूत जीवन बचाउने वस्तुहरू लिएर गएका छन् ।

मध्य गाजाको देइर अल-बालाह शहरमा रहेको एउटा गोदाम हो जहाँ प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत र कार्य सँस्था (एजेन्सी) इजिप्टबाट आउने मानवीय रक्षादललेबाट आपूर्तिहरू भण्डारण गर्दछ, एक विज्ञप्तिमा भनिएको छ ।

यो चिन्ताजनक संकेत हो कि तीन हप्ताको युद्ध र गाजामा कडा घेराबन्दी पछि नागरिक व्यवस्था बिग्रन थालेको छ। मानिसहरू डराएका, निराश र हताश छन्, युएनआरडब्लुए मामिलाका निर्देशक थोमस ह्वाइटले भने।

संचार माध्यम र अन्तर्जाल (फोन र इन्टरनेट)का जडानको बिच्छेदले तनाव र डरलाई झन्झटिलो बनाइदिएको छ। उनीहरू गाजा र बाँकी संसारभित्रका आफ्ना परिवारहरूबाट अलग भएको महसुस गर्छन्।” उनले भने ।

उत्तरी गाजाबाट दक्षिणमा मानिसहरूको “ठूलो” विस्थापनले “ती समुदायहरूमा ठूलो दबाब परेको छ । केही परिवारले एउटै घरमा आश्रय लिइरहेका ५० भन्दा बढी आफन्तहरू पाएका छन्।

इजिप्टबाट माल बाहक गाडीहरूमा गाजा भूभागमा आउँदै गरेको मानवीय सहायता अपर्याप्त हुँदा बजारमा आपूर्ति सकिँदैछ। एक हप्तामा हालसम्म ८० भन्दा बढी भार बाहक गाडीहरू गाजामा पुगेका छन् ।

प्रतिक्रिया