विश्व स्वास्थ्य संगठनले गाजामा कर्मचारी र स्वास्थ्य सुविधाहरूसँग “सम्पर्क बाहिर” भएको बताएको छ ।
विश्व स्वास्थ्य संगठनले गाजामा आफ्ना कर्मचारीहरूसँग सम्पर्क गुमाएको महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले शनिबार भने। “गाजामा तीव्र बमबारीका विवरणहरू अत्यन्त पीडादायी छन्,” टेड्रोसले सामाजिक संजाल एक्समा प्रकाशन गरेको टिप्पणी लेखे । “हामी अझै पनि हाम्रा कर्मचारी र स्वास्थ्य सुविधाहरूको सम्पर्कमा छैनौं। म उनीहरूको सुरक्षाको बारेमा चिन्तित छु।”
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले बमबारीका कारण बिरामीहरूलाई बाहिर निकाल्न सम्भव नभएको र “सुरक्षित आश्रय खोज्न” सम्भव नभएको बताए।
“अन्धकारले रुग्णबाहिनी (एम्बुलेन्स)लाई घाइतेसम्म पुग्न पनि असम्भव बनाएको छ,” उनले भने। डब्ल्यूएचओले “अहिले कार्य गर्न युद्धविरामको सबैलाई अपील गर्दछ,” टेड्रोसले लेखे।
इजरायल र गाजामा अक्टोबर ७ मा लडाइँ सुरु भएदेखि गाजामा सबैभन्दा बढी संचार बिच्छेद क्षति बेहर्नु परेको बताईएको छ ।
प्रतिक्रिया