इजरायली हवाई आक्रमणमा ८ सिरियाली सैनिकको मृत्यु भएको सिरियाली सरकारी समाचार सँस्था (एजेन्सी)ले सैन्य स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
सिरियाको दक्षिणपश्चिम क्षेत्रमा इजरायली आक्रमणमा परी आठ सिरियाली सैनिकको मृत्यु हुनुका साथै अन्य सात घाइते भएका सिरियाली सरकारी समाचार एजेन्सी सानाले सैन्य स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
इजरायलले स्थानीय समय अनुसार बिहान १:४५ बजे “हवाई” आक्रमणमा सिरियाली सैन्य लक्ष्यमा आक्रमण गरेको सानाले जनाएको छ। पूर्वीय समय अनुसार दराराको ग्रामीण इलाकामा उक्त आक्रमण भएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
इजरायली रक्षा बलले बुधबार इजरायली लडाकु विमानहरूले सिरियाली सैन्य पूर्वाधार र लगातार चलाउन सकिने बन्दुक (मोर्टार)रूमा हवाई आक्रमण गरेको बताएको थियो ।
प्रतिक्रिया