२० वटा राहत मालबाहक गाडी गाजामा प्रवेश: संयुक्त राष्ट्र संघ

इनेप्लिज २०८० कार्तिक ६ गते १८:४९ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घका अनुसार सोमबार २० वटा राहत मालबाहक गाडी (ट्रक )इजिप्टबाट गाजासम्म रफाह सीमा नाका हुँदै गएको छ ।

अक्टोबर ९ र १० मा प्यालेस्टिनी पक्षमा इजरायली युद्धक विमानहरूले तीन पटक आक्रमण गरेपछि रफाह सीमा नाका अक्टोबर १० मा बन्द गरिएको थियो।

लगभग दुई हप्ताको मानवीय अवस्था दिनप्रतिदिन बिग्रँदै गएपछि अक्टोबर २१ र अक्टोबर २२ मा छोटो समयका लागि पारगमन खोलिएको थियो । थोरै मात्रामा सहायतालाई गाजा प्रवेश गर्न अनुमति दिईयो। संयुक्त राष्ट्रसंघले यस सप्ताहन्तमा ३४ वटा मालबाहक गाडी (ट्रक) प्रवेश गरेको जनाएको छ।

संयुक्त राष्ट्र महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले यसलाई केवल “बाल्टीमा एक थोपा” मात्र भएको बताए ।

“सामान्यतया हरेक दिन गाजामा जाने भार बाहक गाडी (ट्रक)हरूको संख्या लगभग ४५० वा सो भन्दा बढी थियो, अब हामी २० वा ३० देखिरहेका छौं, र हामीले कुनै ईन्धन(तेल)का गाडी देखिरहेका छैनौं, जुन ठूलो चिन्ताको विषय हो,” डुजारिकले भने।

“लगातार १४ औं दिन सम्म गाजा पूर्ण बिजुली अन्धकारमय छ । अस्पतालमा बिजुली, औषधि, उपकरण र विशेष कर्मचारीहरूको अभावको कारण अवस्था नाजुक छ।” उनले भने ।

प्रतिक्रिया