न्यूयोर्कको जमैका नेपाली समाजद्वारा घरखरिद बारे गोष्ठीको आयोजना

इनेप्लिज २०८० कार्तिक ५ गते १४:०८ मा प्रकाशित

न्यूयोर्कको जमैका नेपाली समाजले घरखरिद बारे गोष्ठीको आयोजना गरेको छ ।

गत अक्टोबर -२१, २०२३ का दिन जमैका नेपाली समाजद्वारा आयोजित घर खरिद सम्बन्धि १ दिने रियल स्टेट सेमिनार (गोष्ठी ) करिब ४० जना नेपालीहरुको सहभागितामा भव्यताका साथ सम्पन्न भयो। उक्त गोष्ठीमा घर खरिद गर्ने प्रक्रिया अगाडी ऋण लिन स्वीकृत पत्र र घर किन्ने भए पछि क्लोजिङ्गसम्म चाहिने प्रक्रियाहरुको बिषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुले आ- आफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रममा एक्स्प रियलटीका म्याक्रो लापाडूराले घर किन्नु भन्दा आगाडी बुझ्नु पर्ने कुराहरु लगायतका बिषयमा आफ्नो प्रस्तुति दिएका थिए । कानुन ब्यबसायी ब्रायन ट्राक्जले घर खरिद स्वीकृत लगायत अन्य कानुनी बिषयमा प्रस्तुत दिएका थिए।

साथै मोर्गेज शाखा प्रवन्धक जुवान सानटनाले मोर्गेज प्रक्रिया र डाउन पेमेन्ट (अग्रिम आंशिक रकम भुक्तानी ) बिकल्प र ब्याजदर लगायतका बिषयमा आफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रममा प्रतिकुल मौसमको बाबजुद यूवासहभागीहरुको उत्साहजनक रुपमा सहभागिता थियो भने विभिन्न प्रस्नहरू सोध्नुका साथै विज्ञहरुले जबाफ दिदा निर्धारित समय भन्दा कार्यक्रम लम्बिन पुगेको थियो ।

सहभागीहरूले यस्तो कार्यक्रमहरूको आवश्यकता नेपाली समुदायलाई अति नै जरूरी भएको धारणा व्याप्त गर्दै कार्यक्रम संयोजक रियाल्टर राम कार्की र आयोजक जमैका नेपाली सोसायटीलाई धेरै धेरै धन्यवाद दिदै फेरि फेरि पनि यस्ता जानकारीमूलक कार्यक्रमहरूको आयोजना निरन्तर गरि राख्न आग्रह गरेका थिए ।

प्रतिक्रिया