अमेरिकाको फ्लोरिडा राज्यमा एक ३३ वर्षीया महिलालाई अमेरिकालाई फेरी महान बनाऔ भन्ने टोपी लगाएकी ७२ वर्षीय ट्रम्प समर्थक वृद्धमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरिएको छ।
लाउरा ग्यारेट नामकी ती महिलामाथि वृद्धमाथि आक्रमण, प्रहरीमाथि आक्रमण र अवरोध पुर्याएको अभियोग लगाइएको छ।
लार्गो प्रहरी विभागका अनुसार ग्यारेटले मंगलबार उक्त वृद्धलाई पूर्वोत्तर पार्क(उद्यान)मा भेटेर राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति उनको समर्थनको कारण सोधिन्।
सोधपुछ विवादमा परिणत भएपछि उनले आफ्नो हातमा रहेको क्यान ( टिनको डब्बा )पीडितको टाउकोमा हानिन् । त्यसै टिनको डब्बा (क्यान)ले उनको टाउको र काँधमा प्रहार गरिन्। यद्यपि, ग्यारेटले टिनको डब्बाले प्रहार गरेको अस्वीकार गरेकी छन्।
घटनापछि उनि भाग्ने प्रयास गरिन्। केही समयपछि प्रहरीले उनलाई फेला पार्दा उनले पक्राउ गर्न खोजिरहेका अधिकारीसँग झगडा गरिन्। विवरण अनुसार ग्यारेटले जानीजानी जमिनमा ढलेर अवरोध गरिन् । एक प्रहरी अधिकारीलाई लतारेर लडाइन्, जसबाट ती प्रहरीको घुँडामा चोट लागेको छ ।
पक्राउको क्रममा उनले लगातार लात प्रहार गरेकी बताइएको छ। उनलाई मंगलबार साँझ पिनेलास काउन्टी कारागारमा राखिएको छ तर बुधबार राति उनलाई रिहा गरिएको छ। प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।
प्रतिक्रिया