अमेरिकी न्यायाधीशद्वारा प्यालेस्टाइन कार्यकर्ता महमूद खलीलको निर्वासन रोक्न अस्वीकार

इनेप्लिज २०८२ जेठ १० गते ८:२६ मा प्रकाशित

अमेरिकाको लुजियाना राज्यस्थित अध्यागमन अदालतले बिहीवार प्यालेस्टाइन शरणार्थी तथा कोलम्बिया विश्वविद्यालयका स्नातक विद्यार्थी महमूद खलीलको निर्वासन प्रक्रिया रोक्ने अनुरोध अस्वीकार गरेको छ। खलीलका वकिलहरूले उनलाई अवैधानिक रूपमा पक्राउ पूर्जी बिना पक्राउ गरिएको दाबी गरेका थिए।

खलील मार्च महिनादेखि अध्यागमन हिरासतमा छन्। ट्रम्प प्रशासनको निर्णय अनुसार उनलाई देशबाट हटाउने आदेश पहिल्यै दिइएको थियो, जुन हाल एक संघीय न्यायाधीशले स्थगित गरेका छन्। बिहीवारको सुनुवाइमा न्यायाधीश जेमी कोमान्सले खलीललाई शरणको दाबी गर्न नदिने सरकारी माग अस्वीकार गरिन्। साथै, खलीलका वकिलहरूको मिति सार्ने र साक्षी बोलाउने मागसमेत अस्वीकृत गरिएको छ ।

खलीलले आफैंले आफ्नो पक्षमा गवाही दिएका थिए तर अन्तिम निर्णय भने आउन बाँकी छ। अब वकिलहरूले २ जुनभित्र लिखित बहस पेश गर्नुपर्नेछ।

खलीलको वकिल रामजी कासेमले न्यायाधीशलाई स्वतन्त्र नभएको र सरकारी दबाबमा रहेको आरोप लगाए। “उनी राष्ट्रपति अन्तर्गत काम गर्छिन्, राजनीतिक प्रभावबाट स्वतन्त्र छैनन्,” कासेमले सिएनएनलाई भने।

यसबिच, खलीलले बिहीवार हिरासत केन्द्रमै पहिलोपटक आफ्ना नवजात सन्तानलाई काखमा लिन पाएका थिए।

सरकारले उनलाई आतंकवादी समूहसँग सम्बन्धित भन्दै राष्ट्रिय सुरक्षाका लागि खतरा मानेको आरोप लगाएको छ, जुन उनका वकिलहरूले अस्वीकार गर्दै उनलाई प्यालेसटाइनी अधिकारका लागि बोलेको कारण लक्षित गरिएको दाबी गरेका छन्।

गृह सुरक्षा विभागका सहसचिवले सिएनएनलाई भने, “महमूद खलीलले सिबीपि गृह अनुप्रयोग )होम एप )प्रयोग गरेर स्व-निर्वासन गर्नुपर्छ।”

प्रतिक्रिया