इजरायल रक्षा बलले ७ जना संचारकर्मी टोली माथि बन्दुकद्वारा निशाना , १ जना पत्रकारको मृत्यु र अर्का घाइते

इनेप्लिज २०८० कार्तिक ३ गते १:१० मा प्रकाशित

इजरायल रक्षा बलले ७ जना संचारकर्मी टोली माथि बन्दुकद्वारा निशाना बनाएको र १ जना पत्रकारको मृत्यु लेबनानी सशस्त्र बलले बताएका छन् ।

लेबनानी सशस्त्र बलका अनुसार इजरायल रक्षा बलले “मेसिन गन” अर्थात् लगातार गोली चलाउन सकिने बन्दुकले सात व्यक्तिहरुको एक संचारकर्मी टोलीलाई निशाना बनाएको एक विज्ञप्तिमा जनाएको छ ।

ती मध्ये एकको मृत्यु भएको र अर्को एक जना घाइते भएको उल्लेख गरेको छ ।

लेबनानी सशस्त्र बलका अनुसार संचारकर्मी टोली हुला शहरको बाहिरी भागमा रहेको इजरायली “अल-अब्बाद साइट” नजिक रहेका थिए ।

लेबनानी सशस्त्र बलले एक विज्ञप्तिमा “शहीद र घाइतेहरूलाई अस्पताल र बाँकी टोलीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लेबनानमा संयुक्त राष्ट्र संघको अन्तरिम बल सँग समन्वय गरिएको जनाएको छ ।

प्रतिक्रिया