इजरायलमा हमासको आक्रमणपछि कम्तीमा छ बेलायती नागरिकको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएको बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार पुष्टि गरेका छन् ।
हाउस अफ कमन्स (संसद)मा सुनकले कम्तिमा छ जना बेलायती नागरिक मारिएको जानकारी गराए।
अझै १० जना बेपत्ता रहेको जसमध्ये केही मृतकमध्ये हुन सक्ने आशंका रहेको उनले बताए ।
बेलायत “जति सक्दो चाँडो तथ्यहरू स्थापित गर्न इजरायलसँग काम गरिरहेको छ,” प्रधानमन्त्रीले भने।
“हामीले अकल्पनीय पीडा भोगिरहेका परिवारहरूलाई सहयोग गरिरहेका छौं,” उनले थपे ।
प्रतिक्रिया