हमासको आक्रमणमा कूल १५ फ्रान्सेली नागरिकको मृत्यु भएको पुष्टि

इनेप्लिज २०८० असोज २६ गते १८:३९ मा प्रकाशित

हमासको आक्रमणमा कूल १५ फ्रान्सेली नागरिकको मृत्यु भएको पुष्टि भएको विदेशमन्त्रीले बताएका छन् ।

इजरायलमा हमासको आक्रमणपछि मारिएका फ्रान्सेली नागरिकको संख्या १५ पुगेको फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले शुक्रबार टिभी च्यानल फ्रान्स ५ (दूरदर्शन) लाई बताइन्।

“मैले तपाईहरुलाई १५ जनाको मृत्यु भएको भन्नै पर्छ र यो पुष्टि भएको छ,” कोलोनाले शुक्रबार बिहान घोषणा गरेको संख्यालाई परिमार्जन गर्दै भनिन्।

इजरायलमा जारी पीडित पहिचान प्रक्रियाका कारण संख्या परिवर्तन भइरहेको समेत उनले बताइन ।

प्रतिक्रिया