इजरायलमा हमासले गरेको आक्रमणमा कम्तीमा ९०० जनाको मृत्यु भएको इजरायलको सैनिक रेडियोले सोमबार जनाएको छ । अन्य २,१५० घाइते भएको बताइएको छ।
बन्दुकधारीले आक्रमण गर्दा मारिएका २५० भन्दा बढी गाजाको सिमानामा एक सांगीतिक महोत्सवमा सहभागी भएका थिए । साथै ११ अमेरिकी नागरिकको ज्यान गएको पुष्टी भएको छ ।
हमासको सशस्त्र शाखा अल कसम ब्रिगेडका प्रवक्ताले इजरायलले बिना चेतावनी गाजाका मानिसहरूलाई निशाना बनाएमा नागरिक बन्धकहरूलाई मृत्युदण्ड दिइने र हत्याहरू प्रसारण गरिने चेतावनी दिएका छन् ।
दुबै पक्षका मर्नेहरूको संख्या १,५०० भन्दा बढी पुगेको सिबिएसन्यूजले जनाएको छ । लगभग १ लाख इजरायली आरक्षित सेनाहरुलाई हमास लडाकुहरूसँग लड्नको लागि बोलाइको छ ।
इजरायलले “नागरिकहरूको क्रूर हत्या” पछि हमाससँग युद्ध गरिरहेको इजरायली विदेशमन्त्री एली कोहेनले सोमबार एक अङ्किय दृश्य (भिडियो)मा भने।
उनले हमासको आक्रमण “ऐतिहासिक नरसंहार हो जसलाई विश्वले बिर्सने छैन। जसलाई इजरायलले कहिल्यै माफ गर्ने छैन।”
“वधको समयमा, तिनीहरूले बन्धकहरूलाई अपहरण गर्न थाले। बच्चाहरू, आमाहरू र वृद्ध प्रलयबाट बचेकाहरूलाई ह्वीलचेयर(पाङ्ग्रेकुर्सी )मा तानेको उनले भने ।
उनले इजरायललाई दिएको समर्थनका लागि अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिए।
“इजरायलका मानिसहरू एकजुट छन्। हामी नियन्त्रण फिर्ता लिनेछौं र सुरक्षा र स्थिरता फिर्ता ल्याउँछौं। हामी आतंकलाई पराजित गर्नेछौं किनभने अर्को विकल्प छैन, “उनले भने। ” उनले बन्धकहरुको सुरक्षा हमासको जिम्मेवारी रहेको बताए ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमासलाई इजरायलमाथिको आक्रमण बन्द गर्न र बन्धकहरूलाई रिहा गर्न आह्वान गरेका छन्।
सोमबारको टिप्पणीमा, उनले गाजा पट्टीमा फसेका प्यालेस्टाइनीहरूलाई मानवीय सहायता पुर्याउन संयुक्त राष्ट्रको पहुँचको अनुमति दिन सबै पक्षहरूलाई आग्रह गरे।
प्रतिक्रिया