इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा लडाकूहरूले शनिबार अचम्मको हमला गरेपछि इजरायल “युद्धमा” रहेको बताएका छन ।
हमासले आफ्ना लडाकुहरूले प्याराग्लाइडर(बिना यन्त्रको अर्ध वायुयान )हरू प्रयोग गरेर जमिन, समुद्री र हवाई मार्गबाट इजरायलमा प्रवेश गरेपछि सीमा नजिकै धेरै इजरायली सैनिकहरूलाई कब्जा गरेको दाबी गरेको छ।
इजरायलमा कम्तिमा ४० जनाको ज्यान गएको र झण्डै ८०० जना घाइते भएका अधिकारीहरूले बताएका छन्।
गाजामा शनिबार कम्तिमा १९८ प्यालेस्टाइनी मारिएका छन् भने १,६१० घाइते भएका छन्, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायलले आक्रमणको जवाफमा गाजामा हवाई हमला सुरु गर्यो, जब नेतान्याहूले “शत्रुबाट ठूलो मूल्य चुकाउने” वाचा गरेका छन भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया