जर्मनीद्वारा युक्रेनलाई अर्को पेट्रीयट हवाई सुरक्षा रक्षा पद्धति दिने वाचा

इनेप्लिज २०८० असोज १९ गते ११:३३ मा प्रकाशित

जर्मनीले युक्रेनलाई अर्को पेट्रीयट हवाई सुरक्षा पद्धति दिने वाचा गरेको छ ।

जाडो नजिकिँदै गर्दा पूर्वाधारमा हुने आक्रमणलाई कम गर्न जर्मनीले युक्रेनलाई अर्को पेट्रीयट हवाई सुरक्षा पद्धति (प्याट्रियट एयर डिफेन्स सिस्टम )दिने वाचा गरेको छ।

चान्सलर ओलाफ स्कोल्जले स्पेनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि घोषणा गरेका हुन् ।

पेट्रियट प्रणालीको साथ युक्रेनको हवाई प्रतिरक्षालाई बलियो बनाउनु “अहिलेको आवश्यकता हो – यो उच्च कुशल प्रणालीको साथ वायु प्रतिरक्षा सुनिश्चित गर्नु,” स्कोल्जले दक्षिणी स्पेनी शहर ग्रानाडामा पत्रकारहरूलाई भने, जहाँ युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपतिले बिहीबार भेटेका थिए।

“हामीले विगतमा युक्रेनलाई प्याट्रियट तथा हवाई रक्षा पद्धती प्रदान गरेका छौं, र मैले यहाँ युक्रेनी राष्ट्रपतिलाई हामी जाडो महिनाहरूमा युक्रेनलाई अर्को प्रणाली उपलब्ध गराउने कुरा बताएको छु,” स्कोल्जले भने।

रूसले जाडोमा फेरि युक्रेनी पूर्वाधार र शहरहरूलाई क्षेप्यास्त्र आक्रमणहरू,मानवरहित यान आक्रमणहरू, सम्भव भएसम्म धम्की दिने प्रयास गर्नेछ भन्ने कुरामा हामीले विश्वास गर्नु पर्ने उनले बताए ।

यसैबीच, विदेशमन्त्री एनालेना बेरबकले युक्रेनले आफूलाई रुसको ‘क्षेप्यास्त्र आतङ्क’बाट जोगाउन सक्ने सुनिश्चित गर्न जर्मनीले ‘सबै कुरा’ गर्ने बताइन्।

रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा बालक देखि सहित ह्रोजामा कम्तिमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया