युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार पूर्वी सहर कुपियान्स्क नजिकैको एउटा पसलमा रुसी तोपको आक्रमणमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको बताएका छन् ।
खार्किभ क्षेत्रका सैन्य प्रशासनका प्रमुख ओलेह सिनेहुबोभले रुसी सेनाले कुपियान्स्क जिल्लाको ग्रोज्ना गाउँमा रहेको एउटा कफि पसलमा तोप प्रहार गरेको बताए ।
टेलिग्राममा लेख्दै, सिनेबुहोभले भने: “आज लगभग १३ः१५ मा, रुसीहरूले कुपियान्स्क जिल्लाको ग्रोजा गाउँमा एउटा कफि पसल र एउटा पसलमा तोप हाने, जहाँ धेरै नागरिकहरू थिए।”
उद्धारकर्ताहरूले घटनास्थलमा काम जारी राखेका छन्।
हालसम्म भग्नावशेषबाट ६ वर्षीय बालकसहित ४८ जनाको शव निकालिएको छ ।
एक बालकसहित ६ जना घाइते भएका छन् । उनीहरुलाई चिकित्सकहरुले आवश्यक सहयोग गरिरहेका छन् भने घटनास्थलमा उद्धार कार्य जारी रहेको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया