बिबिसी संवाददातालाई खबर गरेपछि फ्रान्समा प्रशीतक (फ्रिज)मा राखिएको ट्रक(भारबाहक गाडी)को पछाडिबाट ६ आप्रवासीको उद्धार गरिएकोछ ।
तीमध्ये चारजना महिला भियतनामी र दुईजना इराकी भएको अधिकारीहरूले बताए। फ्रान्समा प्रशीतकमा राखिएको भार बाहक सवारी साधनको पछाडिबाट छ जना महिलालाई उद्धार गरिएको छ जसमध्ये एकले पत्रकारलाई दूरवार्ता (फोन )गरेपछि प्रहरीलाई खबर गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।
चार भियतनामी र दुई इराकी आप्रवासीहरू इटालीमा फलफूल बोकेको आयरल्यान्डमा दर्ता भएको माल बाहक गाडीको पछाडि फेला परेका थिए, जहाँ उनीहरूलाई ६ डिग्री सेल्सियस (४२ डिग्री फारेनहाइट) तापक्रममा घन्टौ सम्म बन्द गरिएको थियो ।
अधिकारीहरूका अनुसार छ जना महिला अवैध रूपमा बेलायत प्रवेश गर्न चाहन्थे। बिहीबार प्रहरीले चालक जिम्मेवार नभएको र अनुसन्धानमा सहयोग गरिरहेको विश्वास गरेको बताएको छ ।
“छ महिलाहरूलाई इलाकामा अनियमित प्रवेशको लागि प्रशासनिक हिरासतमा राखिएको छ र उनीहरूको प्रवासी यात्राको बारेमा प्रश्न गरिएको थियो,” एक अधिकारीले भने।
प्रतिक्रिया