अध्यावधिक गरिएको : मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परि अहिले सम्म २ हजार १ सय २२ जनाको मृत्यु भएको छ भने २ हजार ४ सय २१ जना घाइते भएका छन् ।
मोरोक्कोका शाही सशस्त्र बलका अनुसार भूकम्पपछि कम्तिमा २,१२२ जनाको मृत्यु भएको जनाएको छ । अमिज्मिज गाउँमा केही क्षेत्रहरू पूरै ध्वस्त भएको स्थानीय संचार माध्यमले जनाएको छ । रेडक्रसले क्षतिलाई व्यवस्थित गर्न वर्षौं लाग्न सक्ने चेतावनी दिएको छ ।
गत शुक्रबार राति ११ बजे माराकेच नजिकै मोरक्कोको उच्च एटलस पहाडमा भूकम्प गएको थियो । जसमा धेरै जसो माराकेच र भूकम्पको केन्द्र नजिकका पाँच प्रान्तमा भएको अधिकारीहरूले बताए ।
मोरक्कोमा गएको दुर्लभ र शक्तिशाली ६.८ परिमाण (म्याग्निच्यूड)को भूकम्पले मोरक्कोलाई प्रभावित पारेको छ । एक शताब्दी भन्दा बढी समय पछि गएको सबैभन्दा शक्तिशाली भूकम्प राति ११ बजेर ११ मिनेटमा गएको भूकम्प ६.८ परिमाण (म्याग्निच्युड)को रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
प्रतिक्रिया