अध्यावधिक गरिएको : मोरोक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या १,०३७ पुग्यो ,१,००० भन्दा ज्यादा घाइते

इनेप्लिज २०८० भदौ २३ गते १६:२२ मा प्रकाशित

अध्यावधिक गरिएको : मोरोक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या १,०३७ पुगेको छ भने १,००० भन्दा ज्यादा मानिसहरु घाइते भएका छन् ।

यो संख्या अझ बढ्ने अनुमान गरिएको छ । मोरक्कोको सरकारी दूरदर्शन (टेलीभिजन)अल अउलाले आन्तरिक मन्त्रालयलाई उद्धृत गरेको अनुसार मोरक्कोको भूकम्पमा मृत्यु हुनेको संख्या १,०३७ पुगेको छ र १,००० भन्दा बढी अन्य व्यक्ति घाइते भएका छन्।

७२१ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ । मोरक्कोमा गएको यो दशकयताकै सबैभन्दा घातक भूकम्प हो । विश्व स्वास्थ्य संगठनले मोरक्कोमा शुक्रबार राति गएको भूकम्पले प्रमुख शहर माराकेच र वरपरका क्षेत्रमा तीन लाख मानिस प्रभावित भएको बताएको छ ।

माराकेच पर्यटकहरुसंग लोकप्रिय सांस्कृतिक र आर्थिक केन्द्र हो। यो लगभग ८,४०,००० मानिसहरू बसोबास भएको शहर हो । भूकम्पको केन्द्रबिन्दुको क्षेत्र उच्च एटलस पहाडहरूको लगभग ७२ किलोमिटर (४४.७ माइल) उत्तरपूर्वमा रहेको बताईएको छ ।

भूकम्पको केन्द्रविन्दुभन्दा पनि नजिक अल हाउज प्रान्तमा हालसम्म मृतक पुष्टि भएका ८२० मध्ये ३९४ जना रहेको देशको आन्तरिक मन्त्रालयले जनाएको छ । भूकम्प राति ११ बजेर ११ मिनेटमा गएको थियो।

६.८ परिमाणको शक्तिशाली भूकम्पले मोरक्कोलाई शुक्रबार राती ध्वस्त पारेको छ । अमेरिकी संस्थाले १९ मिनेटपछि ४.९ परिमाण (म्याग्निच्युड)को पराकम्पन गएको जनाएको छ ।

प्रतिक्रिया