जर्ज वाशिंगटन विश्वविद्यालय अस्पतालमा बुधबार हिरासतमा रहेका हत्याका संदिग्ध क्रिस्टोफर हेनेस अस्पतालको आपतकालीन कक्षबाट दुई जना डिसी प्रहरीबाट अधिकारीहरूबाट भागेका छन् । उनको खोजी व्यापक गरिएको छ भने सूचना दिनेलाई २५ हजार डलरको इनाम डिसी प्रहरीले राखेको छ ।
डीसी प्रहरी प्रमुख पामेला स्मिथका अनुसार हेनेसको हतकडीलाई आफ्नो नाडीबाट खोल्दै गर्दा एक हातमा हतकडी सहित अस्पतालबाट भागेका छन् ।
३० वर्षीय हेनेसको खोजीमा धेरै प्रहरी संस्था र प्रहरीहरु सामेल भएका छन्। प्रमुख स्मिथले यस विषयमा अनुसन्धान भइरहेको बताएकी छन्।
हेनेसलाई बुधबार बिहान पक्राउ गरिएको थिए । उनलाई गेन्सभिल भर्जिनियाका ब्रेन्ट हेवार्डको मृत्यु भए पछि हत्याको आरोपमा लगाईएको छ । घटना गत अगस्त १२ मा डिसीको एक इन्धन चौकी ( ग्यास स्टेशन)मा भएको थियो।
प्रमुख स्मिथले हेन्सलाई बुधवार बिहान मनाससमा गिरफ्तार गरिएको र डिसी सुपुर्दगी गरिएको थियो । प्रमुखका अनुसार हेनेसलाई डिसी दक्षिणपश्चिमको ज्यानमारा (होमिसाइड )शाखामा सोधपुछ भइरहेको अवस्थामा उनले खुट्टा दुखेको भने पछि अस्पताल लागिएको थियो ।
एक डिसी अधिकारीले उनलाई अस्पताल लगेका थिए । प्रमुखका अनुसार अर्का प्रहरी अधिकारी पनि अस्पतालमा गएका थिए भनि एबिसी७न्यूजले जनाएको छ ।
प्रतिक्रिया