कोलोराडो एसियन कल्चर एजुकेसन नेटवर्क र एसियन एभेन्युद्वारा संयुक्त रुपमा आज सम्पन्न भएको २०२५ एसियन अमेरिकन हिरो अफ कोलोराडो अवार्डद्वारा नेपालको प्रतिनित्व गर्दै बिनिशा श्रेष्ठ सहित अरु ६ जना सम्मानित भएका छन्।
सो अवार्ड हरेक वर्ष, विगत १६ वर्ष देखिआयोजना हुदैं आईरहेको छ । विभिन्न विधामा आ आफ्नो कर्म क्षेत्रमा योगदान पुर्याए बापत कम्युनिटी भोटिंगका आधारमा एसियन मुलका व्यक्ति हरुलाई यो अवार्ड प्रदान गर्ने गरिन्छ। यों अवार्डद्वारा सम्मानित हुने उहाँ पहिलो नेपाली मुलकी महिला हुनुहुन्छ।
उहाँले विगत ५ बर्ष देखि नेपाली कला संस्कृति प्रवर्तन गर्ने कार्य कोलोराडोमा गर्दै आउनु भएको छ। जसमा मोजेक अफ कल्चर नेपाली कला प्रद्र्शनी एक वर्ष सम्म अरोरा हिस्ट्री म्यूजियममा राखिएको थियो।
सो कला प्रदर्शनी लगभग १२,००० जनाले भिजिट गरेका थिए। हाल भईरहेको युबेश धौभडेलको फोटोग्राफी प्रदर्शनी “Confluence of festivals: Temple Town to the World पनि वहाँकै कोअरडिनेसन मा भईरहेको छ।
र निकट भविष्यमा बोल्डर म्युजियम, डेनभर अन्तरास्टिर्य एयरपोर्ट र वेस्टर्न युनियन हेडक्वाटर डेनभरमा पनि नेपाली कला प्रदर्शनी वहाँको समन्वयमा हुनेछ ।
यों वर्ष को अरोरा ग्लोबल फेस्टमा पनि विशेष ग्लोबल लिडर्स रेसेप्सन वहाँको समन्वयमा नेपाली दूतावास र नेपाल टुरिजम बोर्डले गर्ने भएको छ। गत वर्ष पनि वहाँले सिटि अफ अरोरा बाट “ग्लोबल लिडर्स अवार्ड २०२४ प्राप्त गर्नु भएको थियो।
बिनिशालाई हाम्रो तर्फबाट पनि धेरै बधाई !
प्रतिक्रिया