अमेरिकी न्याय विभागले नौ जना रूसी नागरिकहरूलाई साङ्गणिक (साइबर)आक्रमणको अभियोग लगाएको छ ।
न्याय विभागले यस हप्ताको सुरुमा नौ रूसी नागरिकहरूलाई अभियोग लगाएको हो । साङ्गणिक (साइबर)आक्रमणमा अमेरिकी सँस्था (कम्पनी)हरू, सरकारी कार्यालय र बिद्यालय जिल्लाहरूबाट पैसा चोर्न रुसी-आधारित मालवेयर (सफ्टवेयर (तन्त्रांश)जुन विशेष गरी सुसाङ्ख्य (कम्प्युटर )प्रणालीमा अवरोध, क्षति वा अनधिकृत पहुँच प्राप्त गर्न बनोट (डिजाइन )गरिएको हो र त्यो मालवेयार प्रयोग गरेको बिभागले जनाएको छ ।
आरोप लगाईएकाहरुमा क्रमस मिखाइल त्सारेभ, आन्द्रे झुयकोभ, म्याक्सिम गालोचकिन, डिमित्री पुटलिन, सर्गेई लोगन्टसोभ, म्याक्स मिखाइलोभ, माकिज्म रुडेनस्की, भ्यालेन्टिन कारियागिन र मास्किम खलिउलिन रहेका छन् । उनीहरुले अमेरिकीहरूको यन्त्रहरूमा घुसपैठ गर्न मालवेयर उपकरण लगायत अन्य उपकरण प्रयोग गरेको आरोप छ।
न्याय विभागले जारी गरेको विज्ञप्तिमा महान्यायाधिवक्ता मेरिक गारल्याण्डले भने, “स्थानीय प्रहरी विभाग र आपतकालीन चिकित्सा सेवाहरूमा आक्रमणहरू सहित संयुक्त राज्य अमेरिकाभर साङ्गणिक (साइबर) हमलाहरूमा प्रयोग हुने सबैभन्दा प्रचलित र्यानसमवेयर प्रकारहरू मध्ये एक हो”।
ओहायोको उत्तरी जिल्लामा खोलिएको अभियोग अनुसार नौ पुरुषहरूले पीडितहरूको व्यक्तिगत तथ्यांक जस्तै बैंकिङ प्रमाणहरू साथै पासवर्ड(सङ्केत -शब्द )हरू र उधारो पत्रहरु (क्रेडिट कार्ड)हरू र बिधुतिय दक् (इमेल)हरू जस्ता चीजहरूका लागि व्यक्तिगत पहिचान कब्जा गर्न ढाचा गरिएको ट्रिकबट मालवेयरको साथ पीडितहरूको सुसाङ्ख्य (कम्प्युटर)लाई कथित रूपमा संक्रमित गरेका थिए ।
अनधिकृत प्रवेशक (ह्याकर)हरूले त्यसपछि अन्य सुसाङ्ख्य यन्त्रहरू संक्रमित गरे र खोल्न सकिने अङ्कहरू प्रयोग गरी पीडितहरूको बैंक खाताबाट रकम चोरी गरेका थिए ।
कागजातहरू अनुसार पुरुषहरूले प्रणाली खोल्न पैसा मागेका थिए । अदालतका कागजातहरू अनुसार प्रतिवादीहरूले चोरी बैंकिङ जानकारी प्रयोग गरेर सँस्थाको खाताबाट पैसा बिधुतिय रुपमा स्थान्तरण गरेका थिए।
प्रतिक्रिया