रक्तपात रोक्ने ट्रम्पको प्रयास: अहिले पुटीनसॅग ट्रम्प कुरा गर्ने  

इनेप्लिज २०८२ जेठ ६ गते १४:१६ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको “रक्तपातपूर्ण” युद्ध अन्त्य गर्न प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दूरवार्ता( फोन) गर्ने तयारी गरेका छन्। सप्ताहन्तमा भएको शान्ति वार्तापछि दुबै देशबीच कैदी विनिमय भएको थियो।

 ट्रम्पले अहिले बिहान १० बजे (पूर्विय समय अनुसार) युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नेटोका नेताहरूसँग महत्वपूर्ण दूरवार्तामा सहभागी हुँदैछन्। ट्रम्पले सामाजिक सॅजालट्रुथ सोसलमा प्रकाशन गर्दै उक्त कुराको जानकारी दिएका हुन्।

ट्रम्पका अनुसार, यो कुराकानीको मुख्य विषय युक्रेन–रुस युद्धमा जारी भयावह रक्तपात रोक्नु र व्यापार सम्बन्धमा छलफल गर्नु हो। उनले भने, “हामी साप्ताहिक औसत ५,००० भन्दा बढी युक्रेनी र रुसी सैनिकको ज्यान जाने रक्तपातलाई रोक्न चाहन्छौं।”

उनले आशा व्यक्त गर्दै थपे, “हामीले युद्धविरामको घोषणा गर्न सघाउनेछौं, र यस्तो हिंसात्मक युद्ध—जसको कुनै जरुरत थिएर यसको अन्त्य हुनेछ। यो दिन फलदायी होस् भन्ने कामना गर्दछु। ईश्वर हामीमाथि कृपा गरून।”

ट्रम्पको यो पहललाई अन्तर्राष्ट्रिय समुदायले चासोपूर्वक हेरेको छ किनकि उनी यसअघि पनि युक्रेन–रुस युद्धमा शान्ति स्थापना गर्न सक्ने दाबी गर्दै आएका थिए। 

यदि वार्ताले सकारात्मक दिशा लिन्छ भने यो हालको सबभन्दा ठूलो मानवीय संकट रोक्न एक ऐतिहासिक मोड बन्न सक्छ।

प्रतिक्रिया