“Hawthorne Meadows नेपाली कम्युनिटी फोर्ट वर्थ टेक्सासको तीज कार्यक्रम सम्पन्न

इनेप्लिज २०८० भदौ २३ गते ०:५० मा प्रकाशित

Hawthorne Meadows नेपाली कम्युनिटी फोर्ट वर्थ टेक्सासको को तीज कार्यक्रम सेप्टेम्बर २ २०२३ का दिन भब्यताका साथ सम्पन्न भएको छ । यस कम्युनिटी मा रहेका नेपाली हरुलाई एकै छानामुनी ल्याउने उद्धेश्यले कम्युनिटीमा रहेका महिला दिदी बहिनीहरुलाई दर खुवाउने अवसर पारेर यो कार्यक्रम गरिएको यस कार्यक्रमका संयोजक कुमार गुरुङ्गले बताउनु भएको छ ।कुमार गुरुङ्गको संयोजकत्वमा १४ सदस्य सहित को तीज ब्यवस्थापन कमिटीको सकृयतामा यो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लगभग ४० घर धुरीको सहभागिता रहेको थियो । इन्डियन किचन मा सम्पन्न कार्यक्रम अपरान्ह ४ बजे देखी राती को १०.४५ सम्म चलेको थियो । कार्यक्रममा थुप्रै आमा समुहको र बाबु नानीहरुले आकर्षक सामुहिक नृत्य प्रस्तुत गर्नु भएको थियो । ।

कार्यक्रमको मुख्य आकर्षक भने लक्की ड्र रहेको थियो । लक्की ड्र को उपहारको लागी इन्डियन किचन्, करी एन्ड लिफ रेस्टुरेन्ट र न्यु योर्क लाइफ इन्सुरेन्स का एजेन्ट सुरेश बस्यालको प्रायोजन रहेको थियो भने आयोजकको तर्फ बाट पनि १५ वटा भन्दा बढी बम्पर उपहार रहेको थियो ।कमल खड्काको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा कम्युनिटीमा रहेका नेपालीहरु एक हुने पर्ने, एक अर्कामा भाईचाराको सम्बन्ध स्थापित गर्नु पर्ने र एक अर्काको दुखको साथी बन्न सक्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

२०१७ सालमा नै स्थापित नेपाली कम्युनिटी भएता पनि कम्युनिटीमा रहेका नेपाली घर धुरी हरु लाई एक जुट गराउने उद्देश्यले सम्पन्न गरिएको कार्यक्रम भने यो नै पहिलो रहेको कुरा कार्यक्रमको संयोजक कुमार गुरुङ्गले बताउनु भएको छ । लगभग ६०-६५ घर धुरी रहेता पनि बिशेष कारण बस सबै समेटिन नसकेकोमा दुख ब्यक्त गर्दै अगामी दशै तिहारमा गरिने कार्यक्रममा भने सबै लाई समेटेर जाने गुरुङ्गले बताउनु भएको छ ।कार्य्रक्रममा नृत्य प्रस्तुत गर्ने बाबु नानी हरुलाई हौशला स्वरुप उपहार र प्रमाण पत्र दिइएको थियो भने कार्यक्रममा सह्भागी हुने आमा हरुको समुहलाई पनि कदर स्वरुप प्रमाण पत्र बितरण गरिएको थियो । कार्यक्रममा नृत्य प्रस्तुत गर्ने बाबु नानीहरु, आमा हरु र उपहार प्रायोजन गर्ने मनका धनीहरुलाई पनि अतिथीको रुपमा कम्युनिटीको ज्येष्ठ आमा, कमला श्रेष्ठले प्रमाणपत्र बितरण गर्नु भएको थियो । कार्यक्रमको अन्तमा अतिथीलाई तीज कार्यक्रमका संयोजक कुमार गुरुङले माया को चिनो हस्तान्तरण गरेर कार्य्र्क्रमको समापन गरिएको थियो । कार्यक्रम को सन्चालन (Host) भने तीज ब्यवस्थापन समिती का सदस्य रिजा काफ्ले ले गर्नु भएको थियो।

प्रतिक्रिया