मालीमा आतंककारी हमला, ६४ जनाको मृत्यु

इनेप्लिज २०८० भदौ २२ गते ६:०३ मा प्रकाशित

एजेन्सी, मालीमा आतङ्ककारीहरूले सैनिक शिविर र यात्रुवाहक डुङ्गामा आक्रमण गरेका छन् ।

उत्तरी मालीमा भएको आक्रमणमा ६४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। मिडिया रिपोर्टका अनुसार माली सरकारले आतंकवादीहरूले दुई फरक ठाउँमा आक्रमण गरेको बताएको छ।

आतंककारीहरूले नाइजर नदीमा रहेको टिम्बक्टु डुङ्गामा पहिलो हमला गरेपछि दोस्रो हमला बाम्बामा रहेको सैन्य शिविरमा गरेका थिए।

दुवै आक्रमणमा जम्मा ४९ नागरिक र १५ सैनिकको ज्यान गएको छ। आतंकवादी संगठन अल कायदासँग आबद्ध संगठनले आक्रमण गराएको दाबी गरिएको छ ।

प्रतिक्रिया