युक्रेनबाट निर्यात गर्ने गहुँ सम्झौतामा वार्ताका गर्न रुस “खुला” रहेको छ : पुटिन

इनेप्लिज २०८० भदौ १८ गते १३:४२ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भ्रमणमा रहेका टर्कीका नेता रेसेप तैयप एर्ड़ोगानलाई रुस कालो सागर (ब्ल्याक सी )अन्न निर्यात सुरुवात सम्बन्धि छलफल गर्न तयार रहेको बताएका छन् ।

सोचीमा वार्ता हुनुअघि पुटिनले एर्डोगानलाई भने, “हामीसँग यस क्षेत्रमा सुरक्षा सुनिश्चित गर्ने लगायत विषयमा धेरै कुराहरू छन्।”

“हामी युक्रेनी संकटको विषयलाई बेवास्ता गर्दैनौं। मलाई थाहा छ तपाई अन्न सम्झौताको बारेमा प्रश्न उठाउन चाहानुहुन्छ, हामी यस मुद्दामा वार्ताका लागि खुला छौं,” पुटिनले भने। यसैबीच एर्डोगानले पुटिनलाई अन्न मार्ग बिषयमा वार्ता “धेरै महत्त्वपूर्ण” रहेको बताए ।

“आज सबैले यहाँ अन्न मार्ग (कोरिडोर)को मुद्दा हेरिरहेका छन्,” एर्डोगानले भने। “मलाई विश्वास छ, यस सम्मेलनमा सन्देश एक धेरै महत्त्वपूर्ण कदम हुनेछ, विशेष गरी अफ्रिकाका अविकसित देशहरूका लागि।”

क्रेमलिनका प्रवक्ता डिमीट्री पेस्कोभले पुटिन र एर्डोगानबीचको वार्ता रचनात्मक भएको बताए । तर अन्न सम्झौता लगायत छलफल गरिएका कुनै पनि विषयमा कुनै कागजातमा हस्ताक्षर गर्ने योजना नभएको बताए ।

पेस्कोभले रुसी सरकारी संचारमाध्यम (टेलिभिजन)लाई वार्ता विभिन्न क्षेत्रमा धेरै रचनात्मक रहेको भने । पेस्कोभले राष्ट्र प्रमुखहरूबीच वार्ता जारी रहने बताए।

रुसले संयुक्त राष्ट्र संघ र टर्कीले मध्यस्थता गरेको ब्ल्याक सी(कालो सगर )अन्न सम्झौता जुलाईमा समाप्त हुन अनुमति दिएको थियो। यो सम्झौताले कालो सागर बन्दरगाहबाट युक्रेनी अन्नको सुरक्षित मार्गको प्रत्याभुती गरेको (ग्यारेन्टी) गरेको थियो ।

तर सम्झौताबाट हटाए देखि रुसले युक्रेनको बन्दरगाहको नाकाबन्दी फेरि सुरु गरेको छ । भण्डारण सुविधाहरू र पूर्वाधारहरूलाई लक्षित गर्दै भारी बमबारी गरेको छ र विश्वव्यापी खाद्य सुरक्षाको लागि त्रास पैदा गरेको छ।

पुटिनले सोमबार दिएको जानकारी अनुसार गत वर्ष रुस र टर्की बीचको व्यापार कारोबार ८६ % ले बढेको छ ।

प्रतिक्रिया