रुसले नोबेल पुरस्कार विजेता सम्पादक डिमिट्री मुराटोभलाई विदेशी एजेन्ट(जासूस /दलाल)भएको भन्दै घोषणा गरेको छ ।
रुसी अधिकारीहरूले गत शुक्रबार अखबारका सम्पादक डिमिट्री मुराटोभ जो नोबेल शान्ति पुरस्कार विजेता हुन् भने उनलाई विदेशी एजेन्ट भनेर घोषणा गरेका छन् । मुराटोभ रुसी आलोचक हुन्।
मुराटोभ नोभाया गजेटाका प्रमुख सम्पादक थिए । जसलाई खोजी र अनुसन्धान गर्ने पत्रिका भएकोले विदेशमा व्यापक रूपमा सम्मान गरिएको थियो । क्रेमलिनको बारम्बार आलोचना गर्थे ।
मुराटोभ २०२१ को नोबेल पुरस्कारका सह-विजेता थिए । उनले पछि आफ्नो नोबेल पदक लिलामीको लागि राखे र १०३.५ मिलियन (१० करोड डलर ) प्राप्त गरे जुन उनले युक्रेनका शरणार्थी बालबालिकालाई सहयोग गर्न प्रयोग गरिने बताए।
रूसले युक्रेनमा आफ्नो सैन्य कार्यको आलोचना गर्ने वा रूसी सैनिकहरूलाई बदनाम गर्ने लेख /आलोचना /भनाईहरूलाई सजाय दिनको लागि कठोर कानून लागू गरेपछि नोभाया गजेटाले द्वन्द्व समाप्त नभएसम्म प्रकाशन निलम्बन गर्ने घोषणा गरेका थिए ।
यसका धेरै पत्रकारहरूले नोभाया गजेटा युरोप नामक नयाँ प्रकाशन सुरु गरे जुन लाटभियामा आधारित छ।
हालैका वर्षहरूमा रूसले क्रेमलिनको आलोचना गर्ने व्यक्ति र संगठनहरूलाई विधिवत रूपमा लक्षित गरेको छ र धेरैलाई “विदेशी दलालहरू” भनेर संज्ञा दिदै आएको छ भनि एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।
राष्ट्रपति भ्लादिमीर पुटिनका सबैभन्दा घरेलु शत्रु र असन्तुष्ट भ्लादिमिर कारा-मुर्जा र इल्या यासिन लगायत भ्रष्टाचार विरोधी अभियानकर्ता एलेक्से नाभाल्नी लगायत प्रमुख विपक्षी व्यक्तिहरूलाई कैद गरेको छ।
प्रतिक्रिया