भर्जिनिया फेयरफ्याक्सका महिलाहरुमाथि यौन हमला गर्ने एक पुरुष पक्राउ , प्रहरीमाथि पनि आक्रमण

इनेप्लिज २०८२ जेठ १९ गते १८:०६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्सका एक पुरुषलाई केही महिलाहरुमाथि यौन हमला र प्रहरी अधिकारीमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरिएको छ।

प्रहरीका अनुसार ती पक्राउ भएका व्यक्ति ३३ वर्षीय गिग्सा बेकेले बेन्गेसा भएको जनाईएको छ । उनि फेयरफ्याक्स, भर्जिनिया निवासी हुन् भने यस घटनाका मुख्य संदिग्ध भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार दुई पीडित महिलाले गत २८ मे मा साँझको ५:०४ बजे फेयर ओक्स मलमा एक पुरुषले उनीहरूलाई अपत्तिजनक रूपमा छोएको बताए। प्रहरीले घटनास्थलमा तत्कालै अनुसन्धान शुरू गरेको फक्सन्युज५ ले जनाएको छ ।

यसै क्रममा ५:१७ बजे साँझ फेयर लेक्स शपिंग सेन्टर(बिशाल बजार)को १३,००० भवन समूहमा एक अर्को सूचना प्राप्त भएको प्रहरीले बताए । प्रहरीका अनुसार एक पुरुषले आफ्नो गाडीमा अश्लीलता देखाएको जनाइएको थियो। प्रहरीले उक्त स्थानमा पुग्नुअघि नै संदिग्ध फरार भइ सकेका थिए।

प्रहरीले बिशेष प्रविधिको प्रयोग गर्दै संदिग्धको निगरानी श्रब्यदृश्य (फुटेज )र गाडीको जानकारी प्राप्त गरे।

पुन ७:४१ बजे साँझ प्रहरीले फेयरफ्याक्स टाउन सेन्टर बिशाल बजारको १२,२०० भवन समूहमा अर्को यौन अपराधको सूचना प्राप्त गरे। पीडित महिलाका अनुसार एक पुरुषले उनलाई सवारी साधन अड्डा(पार्किङ )क्षेत्र नजिक पुगेर आक्रमण गरेका थिए ।

८:१२ बजे, प्रहरीले संदिग्धलाई उनको निवासमा भेटेपछि उनलाई पक्राउ गर्ने क्रममा एक प्रहरी अधिकारीमाथि समेत आक्रमण भएको छ। बेन्गेसालाई छोटो संघर्षपछि पक्राउ गरिएको थियो र उनलाई कुनै जमानत बिना कारागार पठाइएको छ। बेन्गेसालाई अघिल्लो वर्ष अक्टोबरमा एक किशोरीलाई बस बिसौनीमा आक्रमण गरेको आरोपमा पक्राउ गरिएको थियो।

प्रतिक्रिया