रुसले युक्रेनमा रातभरि २८ वटा क्षेप्यास्त्र प्रहार ,युक्रेनी वायु प्रतिरक्षाले सबै रोकेको दाबी

इनेप्लिज २०८० भदौ १३ गते ११:४८ मा प्रकाशित

युक्रेनका शीर्ष जनरलले रुसले रातभरि ४० भन्दा बढी मानवरहित यान आक्रमण गरेको बताएका छन् । रुसले युक्रेनमा रातभरि २८ वटा पोतबिहार क्षेप्यास्त्र (क्रुज मिसाइल)हरू प्रहार गरेको थियो, ती सबै युक्रेनी वायु प्रतिरक्षाले रोकेको कीभका शीर्ष सेना प्रमुखले बुधबार बताए।

युक्रेनको सशस्त्र बलका प्रमुख भ्यालेरी जालुज्नीले युक्रेनले रुसले प्रहार गरेका १६ मध्ये १५ मानवरहित यान (ड्रोन)लाई पनि नष्ट गरेको बताए।

यसअघि युक्रेनी अधिकारीहरूले रुसले कीभमा “ठूलो” मानवरहित यान र क्षेप्यास्त्रबाट आक्रमण गरेको र कम्तीमा दुई जनाको ज्यान गएको बताएका थिए।

प्रतिक्रिया