हार्भी वेनस्टीन एक मुद्दामा दोषी, अर्कोमा निर्दोष ठहर – तेस्रो आरोपमा फैसलाको पर्खाइ

इनेप्लिज २०८२ जेठ २९ गते १८:४१ मा प्रकाशित

पूर्व हलिउड चलचित्रका बादशाह हार्भी वेनस्टीनलाई यौन अपराधसम्बन्धी पुनःमुकदामध्ये एक मुख्य आरोपमा अदालतले दोषी ठहर गरेको छ ।

अर्को आरोपमा सफाइ दिइएको छ भने तेस्रो आरोपमा भने निर्णायक मन्डल(जूरी )अझै निष्कर्षमा पुग्न सकेका छैनन्।

यस मिश्रित फैसलाले अभियोगकर्ता र सरकारी वकिललाई केही हदसम्म न्याय दिलाएको देखिएको छ, तर अर्कोतर्फ वेनस्टीनका लागि पनि केही राहत मिलेको छ।

 पाँच वर्षअघि उनलाई दोषी ठहर गरिएको थियो, जुन फैसला पछि उल्ट्याइयो र पुनः सुनुवाइको आदेश दिइएको थियो।

यसपटक, अधिकांश महिलाले भरिएको निर्णायक मन्डल( जूरी)ले सन् २००६ मा एक महिलामाथि जबर्जस्ती यौन कार्य गराएको अभियोगमा वेनस्टीनलाई दोषी ठहर गर्‍यो। 

तर सोही वर्षको अर्कै यौन अपराधको अभियोगमा भने उनलाई सफाइ दिइयो।

तेस्रो आरोप – सन् २०१३ मा एक महिलामाथि बलात्कार गरेको भन्ने विषयमा हाल निर्णायक मन्डल( जुरी) विचाराधीनमै छ। न्यूयोर्क कानूनअनुसार तेस्रो श्रेणीको बलात्कार आरोप पहिलो श्रेणी यौन अपराधभन्दा कम सजायको हो।

७३ वर्षीय वेनस्टीनले सबै यौन दुर्व्यवहार र बलात्कारका आरोप अस्वीकार गर्दै आएका छन्।

प्रतिक्रिया