अमेरिकाले ताइवानलाई ५० करोड डलर( ५०० मिलियन डलर )को हतियार बिक्री गर्न स्वीकृत गरेको केही दिनपछि शनिबार चीनले दर्जनौं विमान र जहाजहरू टापुतर्फ पठाएको ताइवानको रक्षा मन्त्रालयले बताएको छ।
शुक्रबार बिहान ६ बजेदेखि शनिबार बिहान ६ बजेसम्मको २४ घण्टामा चीनको पिपुल्स लिबरेसन आर्मीका ३२ विमान र नौसेनाका नौ जहाज फेला परेको रक्षा मन्त्रालयले जनाएको छ ।
तीमध्ये २० वटा विमानले ताइवानको जलडमरु (स्ट्रेट)को मध्य रेखा पार गरेको र ताइवानको वायु रक्षा पहिचान क्षेत्र तोडेका थिए। ताइवानले गतिविधिहरूको जवाफ दिन आफ्नै विमान, जहाज र क्षेप्यास्त्र प्रणालीलाई जिम्मेवारी दिएको रक्षा सेनाले जनाएको छ ।
चीनले स्वशासित ताइवानलाई आवश्यक परेको खण्डमा बल प्रयोग गरी पाखण्डी प्रान्तको रूपमा हेर्छ र लिने कोसिस गर्छ । गत वर्ष देखि बेइजिङले ताइवानको राजनीतिक गतिविधिको प्रतिक्रियामा द्वीप वरिपरि सैन्य अभ्यासलाई बढाएको छ।
ताइवानका उपराष्ट्रपति विलियमलाई पाराग्वेको आधिकारिक भ्रमणको क्रममा अमेरिकामा रोकिएपछि चिनियाँ सेनाले गत हप्ता ताइवान वरिपरि “कडा चेतावनी” को रूपमा अभ्यास सुरु गएको थियो ।
अमेरिकी विदेश विभागले गत बुधबार ताइवानलाई आधा बिलियन डलरको एफ-१६ लडाकु विमान र अन्य सम्बन्धित उपकरणहरूको लागि इन्फ्रारेड(लघुतरंगी ) खोज र ट्र्याक (मार्ग )प्रणालीको बिक्रीमा हस्ताक्षर गरेको घोषणा गरेको छ ।
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता झाङ सियाओगाङले गत शुक्रबार चीनले हतियार बिक्रीको विरोध गरेका छन् । बिज्ञप्तिमा यसलाई चीनको आन्तरिक मामिलामा “घोर हस्तक्षेप” भनेको छ । साथै यसलाई “एक चीन” सिद्धान्तको उल्लङ्घन गर्ने “घृणित कार्य” भनेर ब्याख्या गरेको छ।
चीनले अमेरिकालाई ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न आग्रह गरेको छ।
प्रतिक्रिया