मस्कोमा बिद्रोह गर्ने वाग्नर प्रमुख येभगेनी प्रिगोजिन रुसमा भएको बिमान दुर्घटना उनि पनि अन्य यात्रीहरुसंग भएको उड्डयन बिभागले जनाएको छ ।
सिएनएनका अनुसार वाग्नरसँग सम्बन्धित सामाजिक सञ्जाल एक संचार माध्यमले प्रिगोजिन मारिएको बताएको छ ।
सिएनएनका अनुसार मस्कोबाट प्रस्थान गरेको र सेन्ट पिटर्सबर्ग जाँदै गरेको विमानले साँझ ६ बजेपछि मात्रै तथ्याँक प्रसारण गर्न बन्द गरेको थियो । स्थानीय समय अनुसार कुजेनकिनो गाउँ नजिकै दुर्घटनाग्रस्त भएको रुसी अधिकारीहरुले बताएका छन् ।
वाग्नर निजी सैन्य समूहसँग जोडिएको टेलिग्राम सोशल मिडिया च्यानलले एक विज्ञप्ति जारी गरी वाग्नर प्रमुख येभगेनी प्रिगोजिन मस्कोको उत्तरमा भएको विमान दुर्घटनामा मारिएको बताएको छ।
रुसी संघीय हवाई यातायात सँस्थाले वाग्नरका मालिक येभगेनी प्रिगोजिन बुधबार टभर क्षेत्रमा दुर्घटनाग्रस्त भएको विमानमा सवार रहेको पुष्टि गरेको छ।
प्रिगोजिनले रुसको सैन्य नेतृत्व विरुद्ध विद्रोह सुरु गरेको महिनौंपछि दुर्घटना भएको हो। प्रिगोजिन र उनका लडाकुहरूलाई बेलारुसमा स्थानान्तरण गर्न आवश्यक पर्ने सम्झौतामा विद्रोहको प्रयास रद्द गरिएको थियो ।
रुसको सरकारी सञ्चारमाध्यम रुस -२४ ले विमान दुर्घटनास्थलमा आठ जनाको शव भेटिएको जनाएको छ। रुसी सरकारी संचार माध्यमले पनि विमानमा १० जना सवार रहेको जानकारी दिएको छ ।
यो दुर्घटनाले अनेकौ प्रश्न उब्जाएको छ । दुर्घटनाले शंका उत्पन्न गराएको छ । वाग्नर निजी भाडाका सैन्य सँस्थाका संस्थापकले विद्रोह गरेदेखि नै अनेकौ अट्कल र गहन अनुमानको विषय भएको छ।
त्यसबेला राष्ट्रपति भ्लादिमिर पुटिनले विद्रोहलाई “देशद्रोह” र “पिठ्युमा छुरा” भनी निन्दा गरे र यसको बदला लिने वाचा गरेका थिए ।
प्रतिक्रिया