उत्तर कोरियाले अघिल्लो एक वर्षमा रुसलाई लाखौँ गोलीगठ्ठा, सयवटा प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल)सहित १४,००० सैनिक पठाएको अन्तर्राष्ट्रिय निगरानी टोलीले सार्वजनिक गरेको प्रतिवेदनले खुलासा गरेको छ।
बिहिबार सार्वजनिक प्रतिवेदन अनुसार अन्तर्राष्ट्रिय संस्था बहुपक्षीय प्रतिबन्ध अनुगमन टोली अर्थात् “मल्टिल्याटेरल स्यान्क्सन्स मोनिटरिङ टिम (एमएसएमटी )” द्वारा जारी गरिएको हो, जुन ११ वटा संयुक्त राष्ट्र सदस्य राष्ट्रहरूले गठन गरेका हुन्। यस टोलीले रूस-उत्तर कोरिया मिलेमतोबाट युक्रेनमाथि कसरी आतंक हमला गरिएको छ भन्ने तथ्यहरू उजागर गरेको छ।
प्रतिवेदनअनुसार, २०२४ मा मात्र उत्तर कोरियाबाट ९० लाख गोलाबारुद र हजारौँ सैनिक पठाइएका छन्। कम्तीमा १०० प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल)हरू युक्रेनी सहरहरूमा प्रहार गरिएको, जसले किभ र जापोरीझिया जस्ता क्षेत्रमा नागरिक संरचना ध्वस्त पारेको प्रतिवेदनमा उल्लेख छ।
यसको बदलामा, रुसले उत्तर कोरियालाई हवाई रक्षा प्रणाली, विद्युतीय युद्ध प्रणाली , तेल तथा क्षेयास्त्र मार्गदर्शक सुधारको लागि प्राविधिक तथ्याङ्क दिएको बताइएको छ।
यी सबै कार्यहरू संयुक्त राष्ट्रसंघको प्रतिबन्धविपरीत रहेका र भविष्यमा यो सैन्य सहकार्य अझ सशक्त बन्ने संकेत प्रतिवेदनले दिएको छ।
अष्ट्रेलिया, अमेरिका, जापान लगायत देशहरूले उत्तर कोरियालाई “गम्भीर कूटनीतिमा संलग्न हुन” आह्वान गरेका छन्। यसबीच राष्ट्रपति पुटिनले उत्तर कोरियाको सहयोगप्रति आभार प्रकट गरेका छन् र पश्चिमले युक्रेनलाई हतियार दिएमा प्योंगयाङलाई पनि हतियार दिन चेतावनी दिएका छन्।
प्रतिक्रिया