पाकिस्तानमा ९०० फिट उचाईमा घिर्लिङ्ग (केवलकार )बिग्रिदा फसेका बालबालिकाको उद्धार कार्य जारी रहेको एबिसीन्यूजले जनाएको छ ।
समाचारका अनुसार झन्डै १००० फिट उचाईमा घिर्लिङ्ग (केवलकार ) बिग्रिए पछि उनीहरु त्यही फसेका छन् भने त्यहाँ फसेका आठ जनाको अवस्था हालसम्म अज्ञात छ ।
दुई वयस्क र छ बालबालिकालाई बचाउन तत्काल उद्धार कार्य भइरहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।
पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका अनुसार उनीहरू पाकिस्तानी सेनासँग काम गरिरहेका छन । राजधानी इस्लामावादबाट करिब १२० माईल उत्तरमा रहेको बट्टाग्राममा उद्धार कार्यको लागि उदग्रबिमान (हेलीकप्टर )पठाइएको अधिकारीहरुले जानकारी दिएका छन ।
उदग्रबिमान घिर्लिङ्ग (केबलकार)माथि उडिरहेको र अलपत्र परेका यात्रुहरूलाई पुग्न कसैले उदग्रबिमान (हेलिकप्टर)बाट तल झरेको देखिन्छ।
बिग्रिएको घिर्लिङ्ग (केबल कार )दैनिक प्रयोग गरिन्छ र पाकिस्तानको दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई विद्यालय लैजान्छ।
प्रतिक्रिया