अमेरिकाद्वारा नेदरल्यान्ड्सलाई युक्रेनको लागि एफ-१६ लडाकु बिमान प्रदान गर्न स्वीकृति

इनेप्लिज २०८० भदौ १ गते ११:०७ मा प्रकाशित

डच रक्षामन्त्रीले युक्रेनलाई एफ-१६ लडाकु विमानहरू उपलब्ध गराउन संयुक्त राज्य अमेरिकाले आफ्नो देशलाई स्वीकृत दिएको बताएका छन्। डच रक्षा मन्त्रीले शुक्रबार लडाकु विमानहरूले तत्काल प्रभाव नपर्ने भएता पनि कीभको लागि ठूलो लाभ हुने बताए ।

“म युक्रेनलाई एफ-१६ लडाकु बिमानहरू पठाउने बाटो खुला गर्ने अमेरिकी निर्णयको स्वागत गर्दछु। यसले हामीलाई युक्रेनी बिमानचालकहरूको प्रशिक्षणमा अङ्गिकार गर्न अनुमति दिन्छ, “नेदरल्याण्डका रक्षामन्त्री काजसा ओलोन्ग्रेनले सामाजिक संजाल एक्स ( ट्विटर)मार्फत जानकारी दिदै प्रकाशन गरेका छन् ।

“हामी अर्को चरणहरूमा निर्णय गर्न युरोपेली साझेदारहरूसँग नजिकको सम्पर्कमा छौं।” उनले भने । युक्रेनले लामो समयदेखि परिष्कृत लडाकुलाई लडाईमा अघि बढन दिन अनुरोध गर्दै आएको छ।

युक्रेनका सहयोगीहरूले युद्धविमान पठाउनुका साथै आफ्ना बिमानचालकहरूलाई पनि तालिम दिनुपर्छ। वाशिंगटनले किभले रुसलाई सामना गर्ने क्रममा उन्नत अमेरिकी अब्राम ट्याङ्कहरू जस्तै एफ-१६ दीर्घकालीन रूपमा महत्त्वपूर्ण हुने बताएको छ।

नेदरल्याण्ड्स पश्चिमी गठबन्धनको हिस्सा हो जसमा बेल्जियम, क्यानडा, डेनमार्क, लक्जमबर्ग, नर्वे, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्वीडेन र बेलायत पनि समावेश छ जसले जुलाईमा युक्रेनी बिमानचालकहरूलाई एफ-१६ उडान गर्न तालिम दिने वाचा गरेको थियो।

विमानहरू संयुक्त राज्यमा बनेकोले वाशिंगटनले अनुमति दिए पछि लडाकु बिमान मात्र दिन पाइने हुन्छ ।

नेदरल्याण्ड्सको साथसाथै, डेनमार्कले जुनमा युक्रेनी बिमानचालकहरूलाई प्रशिक्षण सुरु गरेको र देशले कीभमा बिमानहरू प्रदान गर्ने विचार गरिरहेको बताएको थियो। तर विमान दिनु अघि बिमानचालकहरूलाई छ देखि आठ महिनाको प्रशिक्षण आवश्यक पर्दछ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया