रुसले संयुक्त सैन्य तालिम र अभ्यासमा भाग लिने लगायत अन्य देशहरूसँग सैन्य सहयोगका लागि खुला रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार बताएका छन् ।
“हामी विभिन्न क्षेत्रमा सहयोग विकास गर्ने प्रस्ताव राख्छौं, जसमा कर्मचारी तालिम, विदेशी सैन्य कर्मचारीहरूलाई तालिम दिने र उनीहरूको योग्यतामा सुधार गर्ने, संयुक्त कमाण्ड-कर्मचारी र अन्य अभ्यासहरू सञ्चालन गर्ने जस्ता कार्यहरू समावेश छन्। मन्चको छेउमा हस्ताक्षर हुनेछ,” पुटिनले मस्को नजिकै सेना २०२३ सभाका सहभागीहरूलाई अङ्कियदृश्य (भिडियो )अभिवादनमा भने।
पुटिनले अगाडी भने ,रुस अन्य देशहरूसँग समान प्राविधिक साझेदारी र सैन्य-प्राविधिक सहयोगलाई “गहिरो बनाउन” खुला छ “जसले आफ्नो राष्ट्रिय हित, विकासको आफ्नो स्वतन्त्र मार्गको रक्षा गर्दछ र प्रत्येक राज्यलाई विश्वसनीय रूपमा सुरक्षित गर्ने समान अविभाज्य सुरक्षा प्रणालीसँगै निर्माण गर्न मौलिक रूपमा महत्त्वपूर्ण ठान्दछ, ।”
“हामी पनि खुसी छौं किनभने धेरै भन्दा धेरै विदेशी रक्षा संस्थाहरू मंच (फोरम)मा सामेल भइरहेका छन्,” पुटिनले भने। “गत वर्ष ३२ विदेशी सहभागीले यहाँ आफ्ना उत्पादनहरू प्रदर्शन गरेका थिए। यो वर्ष उनीहरूको संख्या बढेर ८२ पुगेको छ।”
वार्षिक अन्तर्राष्ट्रिय सैन्य-प्राविधिक मन्चमा प्रमुख रूसी सैन्य संस्थाहरूले आफ्ना उत्पादनहरू प्रस्तुत गर्छन्। यस वर्षको मंच प्रदर्शनी र व्यापार कार्यक्रमहरूमा लगभग १,५०० प्रमुख रूसी रक्षा उद्यमहरूले भाग लिइरहेका छन्।
उनीहरूले रुसी रक्षा मन्त्रालयका साथै अन्य देशहरूसँगको सहकार्यका परियोजनाहरूबारे छलफल गर्ने छन् भनि सरकारी समाचार संस्था टासले जनाएको छ । टासका अनुसार रुसी रक्षा मन्त्रालयले आयोजना गरेको उक्त मंचमा सात देशका करिब ८० विदेशी संस्थाहरूले मंचमा भाग लिने योजना बनाएका छन्।
मञ्चमा रुसी रक्षामन्त्री सर्गेई शोइगु पनि सहभागी छन् भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया