जेलेन्स्कीको हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोपमा रुसी सुराकी पक्राउ

इनेप्लिज २०८० साउन २२ गते ११:३४ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोपमा रुसी सुराकीलाई पक्राउ गरिएको युक्रेन सुरक्षा सेवाले जनाएको छ ।

युक्रेन सेक्युरिटी सर्भिस (एसबियु ) ले “युक्रेनका राष्ट्रपतिको भ्रमणको क्रममा माइकोलाइभ क्षेत्रमा रुसी हवाई आक्रमणको तयारी गरिरहेका” रुसी सूचनादातालाई पक्राउ गरेको जनाएको छ।

कथित सूचनादाता “युक्रेनका राष्ट्रपतिको भर्खरैको माइकोलाइभ क्षेत्रको यात्राको पूर्वसन्ध्यामा, योजनाबद्ध भ्रमणको बारेमा गुप्तचर सङ्कलन गरिरहेको थियो,” एसबियुले बिज्ञप्तिमा जनाईएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की जुलाईको अन्त्यमा त्यस क्षेत्रमा थिए।

विज्ञप्तिका अनुसार कथित षड्यन्त्रकारीले “उक्तक्षेत्रमा राज्य प्रमुखको अनुमानित मार्गको समय र स्थानहरूको सूची स्थापित गर्न खोजेको थियो।”

गुप्तचरहरुले “संदिग्धको विध्वंसक गतिविधिहरू” बारे जानकारी प्राप्त गरेका थिए र थप सुरक्षा उपायहरू अपनाएका थिए।

महिलाको सञ्चारको अनुगमन गर्दै एसबीयूले सशस्त्र बलको हतियारसहितको बिधुतिय युद्ध प्रणाली र गोदामहरूको स्थान पहिचान गर्ने काम पनि उक्त महिलाले गरेकी थिइन् ।

अनुसन्धानका अनुसार अपराधी दक्षिणी युक्रेनको ओचाकोभका निवासी हुन् र यस क्षेत्रको सैन्य इकाइको इलाकामा रहेको सैन्य पसलमा बिक्रि गर्ने सहायक थिइन् । उनले कथित रूपमा जिल्लाको इलाका वरिपरि यात्रा गरिन र युक्रेनी वस्तुहरूको स्थानहरू समेतको तस्बिरहरु खिचेकी थिइन् ।

महिलाको नाम भने खुलाइएको छैन ।

प्रतिक्रिया