पाकिस्तानी प्रहरीले पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी शहर लाहोरस्थित उनको घरबाट पक्राउ गरेको छ । उनलाई भ्रष्टचारको आरोपको साथै ३ बर्ष कैद सजाय सुनाईएको छ ।
अदालतले उनलाई सम्पत्ति गोप्य राखेको मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको छ । यो वर्ष लोकप्रिय विपक्षी नेतालाई पक्राउ परेको यो दोस्रो पटक हो।
कारागार सजायले खानलाई राजनीतिबाट प्रतिबन्धित गर्ने र आपराधिक सजाय भएका व्यक्तिहरूले सार्वजनिक पदमा बस्न वा उम्मेदवार हुन सक्दैनन भनि एबिसीन्यूजले जनाएको छ । पाकिस्तान तहरीक-ए-इन्साफ दल वा पीटीआईले निर्णयको निन्दा गरेको छ र यो निर्णयलाई उच्च अदालतमा चुनौती दिने बताएको छ।
उनलाई अयोग्य बनाउन सक्ने र निर्वाचनमा प्रतिबन्ध गर्ने देखिएको एबिसीन्यूजले जनाएको छ । खानलाई दोषी ठहर गरेपछि इस्लामावाद अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले राजनीतिज्ञलाई उनको घरबाट पाकिस्तानको राजधानी इस्लामावादमा लैजान द्रुत गतिमा अघि बढेको वरिष्ठ प्रहरी अधिकारी अली नासिर रिजवीले बताए। स्थानीय सूचना मन्त्री अमिर मिरले खानलाई राजधानी लैजान लाहोर विमानस्थलमा लगिएको बताए ।
अप्रिल २०२२ मा संसदमा अविश्वासको मतमा सत्ताबाट हटाइएपछि खानलाई १५० भन्दा बढी कानुनी मुद्दाहरू लगाइएको छ, जसमा धेरै भ्रष्टाचार, आतंकवाद र मे महिनामा भएका घातक विरोध प्रदर्शनहरूमा मानिसहरूलाई हिंसामा उक्साएको आरोप लगाएका छन्।
सूचना मन्त्री मरियम औरंगजेबले खानको गिरफ्तारीले यस वर्षको अन्त्यमा हुने चुनावसँग कुनै सम्बन्ध नभएको बताइन्। उनले खानलाई सम्पत्ति लुकाउने आरोपको विरुद्धमा आफूलाई बचाउने हरेक मौका दिइएको बताइन्। “बरु इमरान खानले अदालतको कार्यवाहीलाई ढिलाइ गर्न समय प्रयोग गरे र यो मुद्दा रोक्न उच्च अदालत र सर्वोच्च अदालत गए,” उनले भनिन्।
प्रतिक्रिया