पुटिनले आफ्नो कट्टर आलोचक नाभाल्नीलाई अतिवादको आरोपमा थप १९ बर्षको कारागार सजाय दिलाए

इनेप्लिज २०८० साउन १९ गते १८:३६ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई अतिवादको आरोपमा थप १९ बर्षको कारागार सजाय दिलाएका छन । आज अतिवादको आरोपमा थप कारागार सजाय दिइएको छ ।

रुसी विपक्षी नेता नाभाल्नीले चरमपन्थी आरोपमा १९ वर्षको जेल सजाय पाएपछि कारागारमा अझ लामो अवधिको सामना गरिरहेको रुसी सरकारी सॅचार माध्यमले जनाएको छ ।

नाभाल्नीलाई चरमपन्थी समुदाय सिर्जना गर्ने, चरमपन्थी गतिविधिलाई आर्थिक सहयोग गर्ने र अन्य धेरै अपराध गरेको आरोप लगाइएको छ ।

उनलाई हिरासतमा राखिएको उच्च सुरक्षा रहेको स्थानमा शुक्रबार दोषी पाइएको सिएनएनले समाचार लेखेको छ ।

४७ वर्षीय वकिलबाट राजनीतिज्ञ बनेका उनी २०२१ देखि कारागारमा छन ।

यस वर्षको सुरुमा नाभाल्नीको टोलीले एकान्त कारावासमा रहँदा उनको बिग्रँदै गएको र उनले कुनै उपचार नपाएको बताएका थिए ।

उनलाई बारम्बार महिनौंसम्म दुई हप्ताको लागि एकान्त कारावासमा राखिएको थियो ।

प्रतिक्रिया