मस्कोमा रातभरी भएको मानवरहित यान आक्रमणमा १ जना घाइते भएका छन् भने अस्थायी रूपमा विमानस्थल बन्द गरिएको छ ।
आइतवार बिहान मस्कोमा तीन युक्रेनी ड्रोन(मानवरहित युद्धयान )ले आक्रमण गरेको रूसी अधिकारीहरूले बताएका छन् ।
एक व्यक्ति घाइते भएको र रूसी राजधानी वरपरका चार विमानस्थलहरू मध्ये एक भित्र र बाहिर यातायात (ट्राफिक)लाई अस्थायी रूपमा बन्द गरेको एबिसीन्यूजले जनाएको छ ।
युक्रेनमा रुसले आक्रमण गरेको १८ औं महिनामा लाग्दा मस्कोमा आक्रमणको जोखिम बढ्दै गएको अवस्थामा यो महिनामा राजधानी क्षेत्रमा भएको चौथो र यस हप्ताको तेस्रो आक्रमण हो ।
रुसी रक्षा मन्त्रालयले घटनालाई “कीभ शासनद्वारा गरिएको आतंकवादी हमलाको प्रयास” भनी उल्लेख गरेको छ । तीन मानवरहित यान (ड्रोन)ले शहरलाई निशाना बनाएको बताएको छ। एउटालाई मस्कोको वरपरको क्षेत्रमा वायु रक्षा प्रणालीले खसालेको छ भने अन्य दुईलाई निस्क्रिय बनाएको छ।
मस्कोका नगर प्रमुख सर्गेई सोब्यानिनले आक्रमणले मस्को शहर जिल्लामा रहेका दुईवटा भवनको बाहिरी भागमा “नगण्य क्षति” पुगेको बताए।
टासका अनुसार शहरको दक्षिणी बाहिरी भागमा रहेको भानुकोवो विमानस्थलबाट करिब एक घण्टासम्म कुनै उडान बाहिर नउडेको जनाएको छ । मस्को र बाहिरी क्षेत्रहरूमा हवाई क्षेत्र अस्थायी रूपमा सबै विमानहरूको लागि बन्द गरिएको थियो। ती प्रतिबन्धहरू पछि हटाइएको छ।
प्रतिक्रिया