युक्रेन नजिकैको रुसी शहरमा क्षेप्यास्त्र प्रहार

इनेप्लिज २०८० साउन १२ गते १८:४१ मा प्रकाशित

युक्रेन नजिकैको रुसी शहरमा क्षेप्यास्त्र प्रहार भएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार कीभले युक्रेनको सीमा नजिकैको दक्षिणपश्चिमी रोस्तोभ क्षेत्रमा रहेको रुसी शहर ट्यागानरोगमा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।

कीभ शासनले रोस्तोभ क्षेत्रको टागानरोग शहरको आवासीय पूर्वाधारमा आक्रमण गरेको मन्त्रालयले जनाएको छ ।

क्षेत्रीय सरकारका प्रमुखले शुक्रबार टेलिग्राम पोस्टमा शहरको बीचमा प्रक्षेप्यास्त्र (रकेट )विस्फोट भएको बताए।

धेरै पीडितहरु रहेको र सिसा फुट्दा चार जना सामान्य घाइते भएका छन्। क्षतिको विवरण आउन बाँकी रहेको बताईएको छ ।

कसैको पनि मृत्यु नभएको र रुसी सरकारी सॅचार माध्यमका अनुसार कम्तीमा १० जना घाइते भएका छन ।

प्रतिक्रिया