बेलायतले मध्य अफ्रिकन रिपब्लिक र मालीमा कार्यरत वाग्नर समूहलाई प्रतिबन्ध लगाएको छ ।
बेलायतले सेन्ट्रल अफ्रिकन रिपब्लिक (सिएआर) र मालीमा कार्यरत रुसको वाग्नर समूहसँग सम्बन्ध भएका व्यक्ति र समूहलाई आफ्नो प्रतिबन्धको सूचीमा थपेको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
बेलायती प्रतिबन्धहरूको सूचीको पछिल्लो अध्यावधिकमा मन्त्रालयले सेन्ट्रल अफ्रिकन रिपब्लिक प्रतिबन्ध शासन अन्तर्गत सात नयाँ नामहरू, सुडान प्रतिबन्ध शासन अन्तर्गत पाँच नयाँ नाम र माली प्रतिबन्ध शासन अन्तर्गत एक नयाँ नाम थपेको छ।
प्रतिबन्धित भएकाहरूमा वाग्नर समूहका प्रमुख भिटाली भिक्टोरोभिच पर्फिलेभ र मालीका प्रमुख इभान अलेक्सान्ड्रोभिच रहेका छन् । दुबैको सम्पत्ति जफत र यात्रा प्रतिबन्धको अधीनमा हुनेछन भनिबिज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया