न्युयोर्क राज्यको क्विन्स काउन्टी अन्तर्गत एसेम्बली जिल्ला ३० को क्विन्स डेमोक्र्याटिक पार्टीको तर्फवाट जुडिसियल डेलिगेट्सको उम्मेद्वार प्रथम नेपाली अमेरिकन निर्विरोध निर्वाचित

इनेप्लिज २०८० असार २८ गते २१:४५ मा प्रकाशित

१२ जुलाई २०२३,न्युयोर्क अमेरीका:

गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष एंव नेपालको जिल्ला मोरङ, विराटनगरमा जन्मभै विगत २७ बर्षदेखीअमेरीकाको न्युयोर्कलाई कर्मथलो बनाई विभिन्न सामाजिक एवं अमेरिकी मूलधारको राजनीति मा दुई दशक देखी राजनीतिककार्यहरूमा सकृय भुमीका निर्वाह गर्दै आउनुभएका सोमनाथ घिमिरे न्युयोर्क राज्यको क्विन्स काउन्टी अन्तर्गत ऐसेम्बली जिल्ला ३०को क्विन्स डेमोक्र्याटिक पार्टीको तर्फवाट जुडिसियल डेलिगेट्सको उम्मेद्वार यस जिल्लामा प्रथम नेपाली अमेरिकन निर्विरोध निर्वाचितहुनुभएको छ।

वहाँ विशेष गरी कोरोना कहरको समयमा फाउन्डेशन टीमको सकृय साथ र सहकार्यसँगै विभिन्न मानवीय सहयोगमाअहोरात्र खटीईरहनुभएको थियो। क्विन्स क्षेत्रलाई केन्द्रमा राखी वहाँले राष्ट्रपति बाईडेन, ओबामा र क्लिन्टनको राष्ट्रपतिय चुनावीअभियानमा डेमोक्रेटिक पार्टीको सिपाही स्वयंसेवक भएर अहोरात्र खटिनु भएको थियो भने राष्ट्रिय (संघीय), राज्य र स्थानीय तहमा धेरै डेमोक्रेटिक अभियानहरूमा स्वयंसेवक हुनुहुन्छ। न्युयोर्कका संघीय मेम्बरहरु, मेयर, काउन्टी प्रमुख एवं सीटी काउन्सिल मेम्बरहरु, ऐसेम्ब्ली मेम्बरहरु र पार्टीको उच्च कमान्डको प्रत्यक्ष साथ सहयोग एवं निर्देशनमा रही सामाजिक कार्यमा खटीईनुभएको थियो। वॅंहा साउथ ऐसियन फरअमेरिका न्युयोर्क राज्यको राज्य निर्देशक हुनुहुन्छ भने ऐलायन्स फर साउथ ऐसियन अमेरिकन लेबरको राष्ट्रीय उपाध्यक्ष हुनुहुन्छ।

वहाँले डेमोक्र्याटिक पार्टी एवं समाजलाई पुर्याउनुभएको भुमीकाको उच्च मुल्याकंन गर्दै डिस्ट्रिक्ट ३० को जुडियियल डेलीगेट्सकोउम्मेदवारीमा निर्विरोध छनौट हुनु नेपाली मुलका अमेरीकीहरूको लागी समेत गौरवको विषय हो।

जिपी कोईराला फाउन्डेशनकी केन्द्रीय संस्थापक अध्यक्ष माननिय सुजता कोईराला एवं अमेरिका च्याप्टर परीवार सोमनाथ घिमिरे लाईवहाँको भुमीकाप्रती उच्च मुल्याकंन गरी डेमोक्र्याटिक पार्टीले निर्विरोध निर्वाचित गरेकोमा डेमोक्र्याटिक पार्टीप्रती हार्दिक धन्यवाद ज्ञापनगर्दै वहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ।

प्रतिक्रिया