बिडिएको पाचौ सम्मेलन गजल उत्सव संगै बोस्टनमा हुने

नातिबाबु भट्ट २०८२ जेठ ५ गते ३:१५ मा प्रकाशित

मे १७, २०२५

कोलोराडो, अमेरीका

‘रक्त दान नै जीवन दान हो’ भन्ने नारा आत्मासाथ गरेर सन् २००९ मा गठन भएको सामाजिक संस्था ब्लड डोनर्स अफ अमेरिका बिडिए को पाचौं सम्मेलन गजल उत्सव संगै अमेरीकाको बोष्टन सहरमा आयोजना हुने भएको छ ।

अमेरिका बस्ने नेपाली समुदायहरुलाई रक्त दानको माध्यमबाट अमेरिकि समुदाय संग जोड्ने र रक्त दानले मानिसको ज्यान बचाउन सकिन्छ भन्ने अभियानका साथ विभिन्न स्वास्थ्य शिविरहरु र जानकारी मुलक अभियानहरु चलाऊने बिडिएले अमेरिका देखी नेपाल सम्म पनि अभियानहरु चलाउदै आएको छ ।

अगामी जुलाई १९ र २० तारीक मा बोस्टन स्थित ब्रेनट्रिमा रहेको नेपाली कम्यूनीटि सेन्टर 594 Washington St. Braintree मा पाचौं अधिवेशन हुने संस्थाले घोषणा गरिसकेको छ । अधिवेशनलाइ भब्य र सभ्यताकासाथ सफल पार्न केन्द्रिय उपाध्यक्ष महेश्वर पन्तको प्रमुख सम्योजकत्वमा अधिवेशनको मुलसमिति गठन भईसकेको छ ।

राजनीति लगायत अन्य कुनैपनि भेदभावको अभिप्रायबाट टाढा बसेर सामाजिक रुपान्तरण गर्न पर्छ भन्ने संस्थाको मुल नीति रहेको छ । हाम्रो नेपाली समाजले पनि रक्त दान मार्फत समाजमा असल चेतना दिन सक्छ भन्ने प्रसस्त उदाहरण देखाइ सकेको संस्था बिभिन्न चरणहरू पारगर्दै पाचौं अधिबेशनको संघारमा आइपुगेको हो ।

सन २०२३ मा बाल्टिमोरमा सम्पन्न चौथो अधिवेशनले संस्थालाई अझ मजबुत बनाएको छ । यसपछि अमेरीकाको स्टेटहरूमा अध्यक्ष सहित पूर्ण रुपका कार्यसमितिहरु बन्न थाले । च्याप्टरलाई अझ स सक्त बनाउन बैंक खाता खोल्न दिने, च्याप्टरहरुको पनि आ आफ्नै अधिवेशनहरु गर्न सुरु गराउने बाटे खुलेपछि धेरै नयाँ आजीवन सदस्यहरु जोडिन लागे । यसबाट संस्था अझबढी मझबुत र प्रभावकारी बन्दै गएको महसुस भएको छ ।

एक सय अमेरिकी डलर तिरेपछि आजीवन सदस्य प्राप्तगर्न सकिने र श्रीमान श्रीमति दुबै सदस्य बन्न चाहेमा एक सय पचास डलरमा दुवैजना आजीवन सदस्य बन्न सकिने संस्थाको बिधान छ । अमेरिकाको १५ स्टेटमा बिडिएका च्याप्टरहरु सक्रिय रहेका छन् । हाल संस्थामा झण्डै छ सय आजीवन सदस्यहरु आबध्द भएका छन् । बिडिएको काम देखेर उत्साहित भइ अन्य स्टेटहरुमा पनि समुदायका असल अभियन्ताहरु यो संस्थामा जोडिन क्रम सुरु भएको छ । डाक्टर, नर्स, इन्जिनियर लगायत नेपाली समाजका बिभिन्न तह र तप्काका लब्धप्रतिष्ठीत महानुभावहरू यो संस्थामा जोडीने अभियान चालेको बिडिएका केन्द्रिय अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन् ।

यसरी पाँचौँ अधिवेशनको संघारमा उभिएको बिडिएले थप नयाँ कार्यक्रमहरु ल्याउने, स्मारिका निकालेर समाजलाई जानकारी दिने, बिधानको आवस्यक संशोधन गरेर संस्थामा नेपाल भन्ने शब्द जोडने, संस्थाको लोगोमा नेपालको झन्डा देखिने गरी राख्ने बारे छलफल भइरहेको श्रेष्ठले जनाएका छन् । त्यसैगरी यसै अधिवेशनले संस्थाको आगामी कार्यकालकोलागी नयां नेतृत्व समेत चयन गर्ने भएकोले संस्थाका पूर्व अध्यक्ष डा.नन्दन रेग्मीको संयोजकत्वमा ३ सदस्सीय निर्वाचन कमिटी समेत गठन भइसकेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

बिधान संसोधन तथा सबै काम बैधानिक तवरले पूरागर्न पूर्व अध्यक्ष डा. लिलाराज दाहालको नेत्रित्वमा बिधान संसोधन समिति गठन भएको र ऊक्त नयाँ कामको बैधानिकता बोस्टनमा हुनलागेको अधिवेशनले प्रदान गर्ने श्रेष्ठले बताएका छन् ।

समारोहलाई अझ प्रभावकारी र रमाईलो समेत गराउन नेपाली साहित्य र संस्कृतिलाई जोड्न गजल यात्राको गजल उत्सव प्रस्तुति शनिवार साँझ विशेष गजल गायन तथा संस्कृतिक साँझ रहने र आईतवार अमेरिकामा रहेका उम्दा र चलिआएका सिल्पि गजलकारहरुको विशेष गजल वाचनको श्रवण गरेर रमाउन सकिने संस्थाले जनाएको छ ।

यसैगरी संस्थाका महासचिव डा. शिरोज पोख्रेलले सबै संघ संस्था, समाजमा रहेका सामाजिक आभियन्ताहरुलाई विशेष आह्वान गर्दै यस महाअभियान सफलताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोग अवश्यक भएको बताएका छन् । उनले कुनै माध्यम र तरिकाबाट यस महाअभियानमा जोडिन चाहनुहुने महानुभावहरूले संस्थाकोhttp://blooddonorsofamerica.org/खोलेर बितृत जानाकारी लिनहुन सबैलाइ अनुरोध गरेका छन् ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया