अमेरिकाको न्यूयोर्क राज्यको न्यूयोर्क शहर स्थित ब्रुकलिन पूलमा मेक्सिकन नौसेनाको जहाज ठोक्किँदा भीषण दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा दुईको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
न्युयोर्क शहरमा शनिबार राति एक भीषण दुर्घटना भएको हो । मेक्सिकन नेभी(नौसेना)को १५० फिट अग्लो तालिम जहाज क्युआटेमक ब्रुकलिन पुलको तल्लो भागमा ठोक्कियो। उक्त दुर्घटनामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्। तीमध्ये दुईको अवस्था गम्भीर छ।
साँझ ८:३० बजे आसपास विशाल मेक्सिकोको मेझण्डा बोकेको जहाजको मास्ट (मस्तूल) पुल ब्रिजमा ठोक्किएको श्रब्यदृश्य (भिडियो)हरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। ठोक्किए पछि छि यात्रुहरू र वरपरका मानिसहरू चिच्याउन थाले, र तुरुन्तै पूर्वी नदीमा उद्धार कार्य सुरु गरिएको थियो।
न्यूयोर्क प्रहरी विभागका अनुसार जहाजले ब्रुकलिन ब्रिज(पुल)को सडकखण्डको तल्लो भागमा ठक्कर दिएको हो। जहाज पुल पार गरेपछि नजिकैको घाटमा ठोक्किन लाग्दा रोकिएको थियो। प्रारम्भिक अनुमानअनुसार प्राविधिक गडबडीका कारण जहाजको दिशा परिवर्तन भएर यो दुर्घटना भएको हो।
मेक्सिको नौसेनले सामाजिक संजाल एक्समा लेखेको छ, “क्युआटेमक जहाजले यात्रा गरिरहेको बेला ब्रुकलिन पुलसँग एक दुर्घटना भयो, जसले जहाजमा क्षति पुर्यायो र हालको प्रशिक्षण यात्रा रोकिएको छ।”
न्युयोर्कका नगर प्रमुख एरिक एडम्स र प्रहरी अधिकारीहरूका अनुसार सबै घाइतेहरू जहाजभित्रै थिए, कोही पनि पानीमा नखसेको पुष्टि भएको छ। जहाज आइल्यान्डतर्फ प्रस्थान गर्ने तयारीमा थियो।
पुलमा ठूलो क्षति नभएको बताइएको छ । न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिसा जेम्सले सबै पीडितको लागि प्रार्थना गर्दै उद्धारमा संलग्न टोलीको प्रशंसा गरेकी छन्।
क्युआटेमक सन् १९८१ मा स्पेनको बिलबाओमा निर्माण गरिएको हो । यो जहाज अमेरिका स्थापना दिवसको २५०औं वार्षिकोत्सव प्रचारको लागि न्युयोर्क आएको थियो।
प्रतिक्रिया