अमेरिकास्थित अमेरिका नेपाल मेडिकल फाउन्डेसन (ANMF) को २९औं वार्षिक साधारण सभा (एजिएम) यो वर्ष १३–१५ जुन, २०२५ मा वाशिंगटन डीसीमा भव्य रूपमा आयोजना हुने भएको छ।
“नेपालमा स्वास्थ्य सेवा प्रवर्द्धनका लागि प्रवासी एकता” भन्ने मूल नाराका साथ आयोजना हुने यो सम्मेलनमा अमेरिका र विश्वभरका नेपाली चिकित्सक( स्वास्थ्यकर्मी)हरुको उल्लेखनीय सहभागिता हुने अपेक्षा गरिएको छ।
कार्यक्रमका मुख्य आकर्षणहरू:
शुक्रबार, १३ जुन:
गल्फ, वाक/दौड प्रतियोगिता, बालबालिकाको वादविवादसहित युवा मन्च, ‘मिट एन्ड ग्रिट’(भेटघाट )प्रायोजक सम्मान, सांस्कृतिक कार्यक्रम तथा खुला मञ्च रहने छ ।
शनिबार, १४ जुन:
एएनएमएफ (ANMF)का अध्यक्ष, सचिव तथा कोषाध्यक्षबाट वार्षिक प्रतिवेदन प्रस्तुत हुनेछ। नेपालका डा.भगवान कोइराला र डा. विराज कर्माचार्य तथा बेलायतकी डा. केट यारो लगायतले विशेष वक्तारूपमा सहभागिता जनाउनेछन्।
‘नेपालमा स्वास्थ्य सेवा प्रवर्द्धनका लागि प्रवासी एकता’ विषयमा गोलमेच छलफल, सिएमइ, वैज्ञानिक सत्र तथा पोस्टर ( पर्चा)प्रस्तुति पनि हुनेछ।
साँझमा विशेष गाला (GALA ) कोष बृद्धि रात्री भोज(फण्डरेजिङ डिनर )आयोजना हुनेछ जसमा एएनएमअफ परियोजनाका श्रव्यदृश्य( भिडियो)हरु देखाइने छन्।
यसपटकको मुख्य केन्द्रविन्दु परियेजना(फोकस प्रोजेक्ट )काठमाडौं स्थित बाल स्वास्थ्य संस्थान (KIOCH) मा NICU (नवजात सघन उपचार कक्ष) स्थापनाको लागि सहयोग संकलन हुनेछ।
कार्यक्रममा डिसी महानगरका स्थानिय सॅगित मण्डली मोक्ष मन्त्र ब्याण्डको प्रत्यक्ष प्रसारण(लाइभ )प्रस्तुति रहनेछ।
आइतबार, १५ जुन:
कार्यकारी समिति गठन तथा विभिन्न समितिहरूको संरचना तय गरिनेछ।
यो सम्मेलनले अमेरिका र विश्वभर रहेका नेपाली चिकित्सक(स्वास्थ्यकर्मी)हरुलाई एकताबद्ध गर्दै मातृभूमिमा प्रभावकारी स्वास्थ्य प्रणाली विकास गर्न प्रेरित गर्नेछ।
प्रतिक्रिया