अमेरिकाले बेलारुसमा सामरिक आणविक हतियारहरू राख्ने रुसको योजनाको बारेमा सतर्क प्रतिक्रिया दिएको छ । अभिप्रायहरू निगरानी जारी राख्ने अमेरिकाले जनाएको छ ।
“हामीले हाम्रो आफ्नै सामरिक आणविक स्थिति समायोजन गर्ने कुनै कारण देखेका छैनौं र न रूसले परमाणु हतियार प्रयोग गर्ने तयारी गरिरहेको कुनै संकेत देखेका छैनौ,” विदेश विभागका प्रवक्ता वेदान्त पटेलले सिएनएनलाई दिएको वक्तब्यमा भने।
रुस र बेलारुसले हतियारको यस गतिबिधिको बारेमा केही समयको लागि छलफल गरेको छ, गत वर्षभरि धेरै वक्तब्यहरु दिएका छन्, अर्को विदेश विभागका प्रवक्ताले भने।
प्रतिक्रिया