मस्कोको ऐतिहासिक रेड स्क्वायरमा शुक्रबार विशाल सैनिक परेड(सैन्य प्रदर्शन) गर्दै रूसले नाजी जर्मनीमाथिको विजयको ८० औं वार्षिकोत्सव मनाएको छ।
राष्ट्रपति भ्लादिमिर पुटिन ,चिनियाँ राष्ट्रपति सी जिनपिङ र ब्राजिलका राष्ट्रपति लुइज लुला दा सिल्भा लगायतका विश्व नेताहरू कार्यक्रममा सहभागी भए।
मे ९ मा मनाइने विजय दिवस रूसको सबैभन्दा महत्वपूर्ण धर्मनिरपेक्ष राष्ट्रिय पर्व हो। रेड स्क्वायरको सैन्य प्रदर्शन र अन्य समारोहहरूले रूसको विश्व शक्तिको सन्देश दिन र पश्चिमलाई प्रतिउत्तर स्वरूप बनाइएका नयाँ गठबन्धनहरूलाई सुदृढ बनाउने प्रयास झल्काउँछन्।
दोस्रो विश्वयुद्ध जसमा सोभियत संघले करिब २७ मिलियन(लाख) नागरिक गुमाएको थियो ।
यसपटकको समारोह युक्रेनी मानव रहित यान (ड्रोन) आक्रमण र मस्कोको विमानस्थलमा भएका ठूला अवरोधहरूले प्रभावित बन्यो। राष्ट्रिय विमानसेवा एयर फ्लोटले सयभन्दा बढी उडान रद्द गरेको थियो। समारोहको सुरक्षालाई ध्यानमा राख्दै अंतर्जाल (इन्टरनेट )सेवा पनि केही क्षेत्रहरूमा अवरुद्ध गरिएको थियो।
परेडमा बोल्दै राष्ट्रपति पुटिनले युक्रेनमा लडिरहेका रूसी सैनिकहरूको साहस र आत्मबलको प्रशंसा गर्दै भने, “हामी तिनीहरूको वीरता र आत्मिक शक्तिमा गर्व गर्छौं – जुन सधैं हाम्रो विजयको कारण बनेको छ।”
त्यसैबेला, युक्रेनको लुभियुशहरमा युरोपेली नेताहरूले युद्ध अपराध अभियोगका लागि विशेष न्यायाधिकरणको तयारी गर्न छलफल गर्दै थिए।
प्रतिक्रिया