गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अमेरिका क्षेत्रको क्षेत्रीय सम्मेलन क्यानाडाको सुन्दर नगरी टोरान्टो शहरमा यही मे महिनाको १३ र १४ शनिवार र आईतबार हुने भएको छ ।
सो क्षेत्रीय सम्मेलनलाई भव्य, सभ्य रूपमा सफल पार्न यस क्षेत्रका द्वय क्षेत्रीय संयोजक, महिला संयोजक, क्षेत्रीय उप-संयोजकहरु, आईसिसी सदस्यहरु, र अमेरिकाज क्षेत्रका राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु रहेको एक मूल आयोजक समिति गठन गरिएको छ l मूल आयोजक समितिलाई राय, परामर्श दिन अन्तराष्ट्रिय समन्वय परिषदका त्रय अध्यक्षहरु, अमेरिकाज क्षेत्रमा रहेका आईएसका पदाधिकारीहरु रहनु भएको एक सल्लाहाकार समिति समेत गठन गरेको छ I
सम्मेलनसगं आवश्यक विषयहरुमा केन्द्रीय कार्यालयसगं समन्वय गर्न र तत्काल कुनै आवश्यक निर्णय गर्नु परेमा क्षेत्रीय संयोजक द्वय प्रकाश सापकोटा, राम सी पोखरेल, सम्मेलन मूल आयोजक कमिटीका सदस्य सचिव दीपक गौतम र राम कुमार सुबेदी रहेको एक व्यवस्थापन समिति समेत गठन गरिएको छ I
सम्मेलनका तयारी, सम्मेलन कार्यक्रम र समापन बारे र अन्य विविध विषयमा जानकारी दिन यस क्षेत्रका उप-संयोजक राम कुमार सुबेदीको संयोजकमा एक सूचना समिति( मिडिया/पब्लिकेसन कमिटी) समेत गठन गरिएको छ I सम्मेलनलाई भव्य, सभ्य, सुसज्जित, सुव्यवस्थित र उद्धेश्यमूलक बनाउन अन्य विभिन्न समितिहरुको निर्माण समेत गरिएको छ I
उक्त सम्मेलनमा नेपाल र नेपाल बाहिर रहेका विद्वान र विशेषज्ञहरुबाट बिभिन्न विषयहरुमा कार्यपत्रहरू प्रस्तुत गरिने भएको छ I
अमेरिकाज क्षेत्रको क्षेत्रीय सम्मेलनलाई भब्य र सभ्य रूपमा सफल पार्न अमेरिकाज क्षेत्रमा रहेका एनआरएन अभियन्ता, सम्पूर्ण गैर आवासीय नेपाली दिदीबहिनी तथा दाजुभाई र सम्मानित संचारकर्मी, पत्रकार, बिभिन्न पेशा र व्यवसाय गरी बस्नु भएका पेशाकर्मी र व्यवसायीहरुलाई नैतिक, आर्थिक र भौतिक रूपमा उपस्थिति भै सहयोग र समर्थन गरिदिन हुन गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद अमेरिकाज क्षेत्र सबैमा अपील र अनुरोध गर्दछ I
जय एन आर एन
भवदीय
राम कुमार सुबेदी
क्षेत्रीय उप-संयोजक
तथा संयोजक मिडिया/पब्लिकेसन कमिटी
अमेरिकाज क्षेत्रीय सम्मेलन टोरान्टो २०२३
प्रतिक्रिया