किशोरावस्थामा आइएसआइएसमा सामेल भएकी बेलायती महिलाले बेलायतको नागरिकता अपील गुमाइन

इनेप्लिज २०७९ फागुन १० गते १२:१३ मा प्रकाशित

१५ वर्षको उमेरमा आइएसआइएसमा मा सामेल हुन बेलायत छोडेकी शमिमा बेगमले आफ्नो बेलायती नागरिकता खारेज गर्ने निर्णय विरुद्धको अपिल हारेकी छिन् ।

किशोरावस्थामा आइएसआइएसमा सामेल भएकी बेलायती महिलाले बेलायतको नागरिकता अपील गुमाएकी छिन् ।

नोभेम्बरमा पाँच दिनको सुनुवाइपछि न्यायाधीश रोबर्ट जेले बुधबार यो निर्णय सुनाएका हुन्। उक्त फैसलाले बेगम बेलायत फर्कन सक्छिन् वा सक्दिनन भन्ने निर्धारण गर्दैन, तर उनको नागरिकता हटाउनु वैध थियो या थिएन भनि सिएनएनले उल्लेख गरेको छ ।

अब २३ वर्षकी बेगम किशोरावस्थामा आइएसआइएस आतङ्ककारी समूहमा सामेल भई दुई बिद्यालयका साथीहरूसँग २०१५ मा सिरिया पुगेकी थिइन्। फेब्रुअरी २०१९ मा आफ्नो छोरालाई जन्म दिनको लागि आफ्नो देश फर्कन बेलायत सरकारसँग बिन्ती गएकी थिइन् ।

तत्कालीन गृहसचिव साजिद जाविदले फेब्रुअरी १९, २०१९ मा उनको बेलायती नागरिकता हटाइन्। बेगमको नवजात छोराको अर्को महिना उत्तरी सिरियाली शरणार्थी शिविरमा मृत्यु भयो।

उनले बेलायती सञ्चारमाध्यमलाई त्यो बच्चा भन्दा पहिले उनका अन्य दुई बच्चा थिए, जसको पनि बाल्यकालमा सिरियामा मृत्यु भएको बताएकी थिइन् । उनले निर्णयलाई चुनौती दिईन तर जुन २०१९ म सरकारले उनको पुनरावेदन पछ्याउन बेलायत प्रवेश गर्नको लागि उनको आवेदन अस्वीकार गर्यो।

२०२० मा, बेलायतको पुनरावेदन अदालतले बेगमलाई देशमा प्रवेश गर्न दिनुपर्छ किनभने अन्यथा, यो “निष्पक्ष र प्रभावकारी सुनुवाइ” हुनेछैन भनि फैसला दिएको थियो ।

अर्को वर्ष, सर्वोच्च अदालतले उक्त निर्णयलाई उल्टाएको थियो। बेगमले सरकारको निर्णयको बिरूद्ध लड्दा धेरै सार्वजनिक अपीलहरू गरिसकेकी छिन्।

बेगमको नागरिकता खारेज गर्ने निर्णयलाई मानवअधिकार अभियानकर्ताहरू र कानुनी विज्ञहरूले समान रूपमा आलोचना गरेका छन्

प्रतिक्रिया