सबैले सवैलाई हेर्ने उस्तै उस्तै नजर नहुँदो रहेछ,
चोट गहिरदै गए पछि त, चोटकै असर पनि नहुँदो रहेछ,
कहिले मित्रसँग, कहिले दुश्मन सँग डराईयो,
परिआउँदा त मृत्युको सगँ पनि डर नहुँदो रहेछ,
नसोचेकै कुरा यसरी पनि भईदिन्छ जिन्दगीमा,
यी आखाँमा भरिएका आँशुका छालहरूकै खबर नहुँदो रहेछ।
टाढैबाट हेर्दा सुन्दर झिलिमिली देखिएला शहर
तर जन्मिएको गाउँ-घर जस्तो शहर नहुँदो रहेछ।
बारम्बार जीवनमा उतार- चढाब आईरहँदा ,
ओठ काँप्नु र नयन रूझ्नुको उत्तर पनि नहुँदो रहेछ।
✍️रूपेश कार्की ( बद्री प्रयास ) साहित्यकार तथा लेखक
✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक
प्रतिक्रिया